एकीकृत समाजवादीले भन्यो- अध्यादेशको प्रक्रिया र अन्तरबस्तुमा असहमति छ

एकीकृत समाजवादीले भन्यो- अध्यादेशको प्रक्रिया र अन्तरबस्तुमा असहमति छ

काठमाडौं : नेकपा एकीकृत समाजवादीले अध्यादेशको प्रक्रिया र अन्तरबस्तुमा असहमति जनाएको छ। पार्टी कार्यालय आलोकनगरमा बुधबार बसेको नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो बैठकले भूमाफिया, कालोबजारीया, राजस्व छली गर्ने व्यक्ति, विचौलिया, भ्रष्टचारी, तस्कर र दलालहरूलाई फाइदा पुग्ने गरी अध्यादेशको ल्याएको भन्दै असहमति र विरोध जनाएको हो। 

बैठकले संसदमा अध्यादेशहरूको विपक्षमा मतदान गर्ने स्थायी कमिटीको निर्णयलाई अनुमोदन गरेको प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले जानकारी दिए। बैठकले भारतको ओडीसामा नेपाली विद्यार्थीमाथि भएको घटनाप्रति सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्नका लागि कूटनीतिक पहल गर्न माग गरेको छ।

त्यस्तै खोटाङको हलेसीमा केही दिनअघि भएको आगलागीका पीडित पक्षहरूलाई आवश्यक क्षतिपूर्तिको लागि सरकारको ध्यानाकर्षण गराएको ज्वालाले बताए। बैठकमा विधान प्रकाशनका सम्बन्धमा सम्मानित नेता झलनाथ खनालले असन्तुष्ट व्यक्त गरेका थिए। महाधिवेशनले निर्णय गरेका कुराहरू फरक ढंगले विधानमा समावेश भएकाले त्यसलाई सच्याउने निर्णय भएको ज्वालाले जानकारी दिए।

त्यस्तै बैठकले बिहीबारबाट सुरु हुने पार्टीको केन्द्रीय कमिटी बैठकको एजेन्डा पारित गरेको छ। अध्यक्षको राजनीतिक प्रतिवेदन, पार्टी नियमावली, विनियम, निर्देशिका, आचारसंहिता, आन्दोलनद्वारा पार्टी निर्माण सम्बन्धी आगामी कार्ययोजना लगायतका केन्द्रीय कमिटी बैठकका एजेन्डाहरू पारित गरेको प्रचार विभाग प्रमुख ज्वालाले बताए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.