नेपाल र ओमनबीच पर्यटनसम्बन्धी समझदारी

नेपाल र ओमनबीच पर्यटनसम्बन्धी समझदारी

काठमाडौं : नेपाल र ओमनबीच पर्यटनको विकास, प्रवर्द्धन र आवश्यक सहयोग तथा समन्वय सम्बन्धमा द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ। 

आठौं हिन्द महासागरीय सम्मेलनमा सहभागिताका लागि ओमनमा रहेका परराष्ट्रमन्त्री आरजु राणा देउवा र ओमनका सम्पदा तथा पर्यटनमन्त्री सलिम बिन मोहम्मद बिन सयद अल महरूकबीच आज ओमनको राजधानी मस्कटमा भएको भेटवार्तापछि सो समझ्दारी भएको हो। 

यस समझ्दारीपछि दुई देशबीचमा पर्यटकीय पूर्वाधार निर्माण, पर्यटन सूचना एवं ‘हस्पिटालिटी’ का क्षेत्रमा द्विपक्षीय सहयोग आदानप्रदान र समन्वय हुनेछ। सो भेटका क्रममा उहाँहरुबीचमा नेपालमा पर्यटनका क्षेत्रमा गर्न सकिने लगानी एवं दुवै देशको पर्यटीय सम्भावना र आदानप्रदानका विषयमा कुराकानी भएको थियो।

त्यसैगरी आज नै मस्कटमा मन्त्री डा देउवा र ओमनका ऊर्जा तथा खनिजसम्बन्धी मन्त्री सलिम बिन नसर अल अउफीबीच पनि भेटवार्ता भएको थियो। उनीहरूबीच दुई देशबीचको सम्बन्ध तथा ऊर्जाका क्षेत्रमा रहेका सम्भावित आपसी सहयकार्य र लाभका बारेमा कुराकानी भएको थियो।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.