महाधिवेशन समयमै गर्नुपर्छ, ८४ चुनावपछि गर्दा कांग्रेसको हालत खतम हुन्छ

कांग्रेसमा कोही व्यक्ति बलियो छैन, संस्था बलियो हो : शेखर कोइराला

कांग्रेसमा कोही व्यक्ति बलियो छैन, संस्था बलियो हो : शेखर कोइराला
सुन्नुहोस्

वीरेन्द्रनगर : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेसमा कुनै पनि व्यक्ति बलियो नरहेको बताएका छन्। बिहीबार सुर्खेतमा आएका उनले विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा कांग्रेस कमजोर हुँदा राष्ट्रियता नै कमजोर हुने गरेको बताएका हुन्। 

उनले संस्थालाई नै थप बलियो बताउन सबैको ध्यान केन्द्रित गर्नुपर्ने बताए। नेपाली कांग्रेसको आगामी १५ औँ महाधिवेशनलाई लक्षित गर्दै कांग्रेसमा को बलियो भन्ने प्रश्नको जवाफ दिँदै उनले भने, ‘नेपाली कांग्रेस बलियो हो। यस भित्रका कोही पनि नेताहरु बलिया होइनन्। पत्रकारहरुले पनि नेपाली कांग्रेसमा संस्थापन त कहिले इतर समूह बलियो भनेर लेखिदिनुहुन्छ। तर त्यसो होइन।’ 

उनले नेपाली कांग्रेसको आगामी १५ औँ महाधिवेशन समयमै गर्नुपर्ने बताए। विशेष परिस्थिति आएमा पार्टीको विधानमा भएको व्यवस्था अनुसार १ वर्ष र संविधानमा भएको व्यवस्था अनुसार ६ महिना गरी डेड वर्ष लम्ब्याउन सकिन्छ। डा. कोइरालाले भने, ‘पार्टीको महाधिवेशन नै समयमा गर्न सकिएन भने पार्टी कमजोर हुँदै जान्छ। २०८४ सालको आम चुनावपछि पार्टीको महाधिवेशन गर्दा कांग्रेसको हालत खतम हुने अवस्था छ। त्यसप्रति हामी सबै सचेत हुनुपर्छ। समयमै महाधिवेशन गरेर पार्टीलाई पुनर्जीवन दिनुपर्छ।’ 

उनले नेपाली कांग्रेसको आगामी १५ औँ महाधिवेशनमा आफू सभापतिमा भिड्ने उद्घोष गरे। उनले भने, ‘म पार्टीको १५ औँ महाधिवेशनमा सभापतिको उम्मेदवार हो। अहिले देशको अवस्था निकै कमजोर भएकाले हामी सबै मिलेर अगाडि बढ्नुको विकल्प छैन।’

 उनले वर्तमान सरकारले प्रभावकारी काम गर्न नसक्दा मुलुक अप्ठ्यारोमा परेको बताए। उनले भने, ‘अहिले मुलुक नै समस्याग्रस्त छ। सरकारले प्रभावकारी रुपमा डेलिभरी दिन सकिरहेको अवस्था छैन। अहिलेकै अवस्थामा नागरिकहरू सरकार प्रति सन्तु‌ष्ट हुने अवस्था छैन। यसप्रति सरकारलाई हामी सबैले सचेत बनाउनुपर्छ। त्यसैअनुसार मैले पनि पटकपटक सरकारलाई सरकारलाई खबरदारी गर्दै आएको छु।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.