क्यानडालाई ५१औं राज्य बनाउने ट्रम्पको अभिव्यक्तिप्रति गायिकाको यस्तो विरोध
काठमाडौं : गायिका चान्टल क्रेभियाजुकले क्यानडाको एन्थम गीतको शब्द नै परिवर्तन गरिदिएकी छन्। चार राष्ट्र सम्मिलित फेस अफ च्याम्पियनसिपअन्तर्गत अमेरिका र क्यानडाबीचको खेलमा गायिका चान्टलले एन्थम गीतको शब्द परिवर्तन गरिदिएकी हुन्।
खेल हुनुअघि राष्ट्रिय गीत गाउँदै उनले 'ओ क्यानडा' बोलको गीतमा उनले 'in all of us command को सटा 'that only us command' उच्चारण गरेकी हुन्। क्यानडालाई अमेरिकाको ५१औं राज्य बनाउने ट्रम्पको टिप्पणीको विरोध गर्दै उनले उक्त शब्द परिवर्तन गरेको एडम गोन्शोरले एपीलाई बताइन्।
गायिका चान्टलले पनि आफूले संगीतको माध्यमबाट विरोध जनाएको बताइन्। 'क्यानाडा, युक्रेनजस्तो होइन, एक सार्वभौम राष्ट्र हो। हाम्रो आफ्नै संस्कृति छ। हामी हाम्रा मूल्य मान्यताहरूमा एक छौं। हाम्रो सार्वभौममाथि कसैले गलत अभिव्यक्ति दिन्छन् भने हामीले त्यसको विरोध गर्नुपर्छ,' उनले भनेकी छन्।
प्रतिक्रिया दिनुहोस !