पेस्तोल तथा गोली सहित दुई जना पक्राउ
हेटौंडा : पेस्तोल र गोलीसहित २ जना भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारतको बिहारस्थित सिहुहर जिल्ला धनहरा ग्राम बस्ने अन्दाजी २२ वर्षीय धिरज कुमार र बिहारस्थित मोतीहारी बहरी ग्राम बस्ने २६ वर्षीय दीपक कुमार रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार आइतबार पौने ४ बजे प्रहरी चौकी रातोमाटे र अस्थायी प्रहरी पोस्ट हरियालीबाट खटिएको संयुक्त प्रहरी टोलीले हेटौंडा उपमहानगरपालिका-१५ स्थित रातोमाटेमा रहेको प्रहरी चेक प्वाइन्टबाट उनीहरूलाई पक्राउ गरिएको जनाएको छ।
उनीहरू पूर्व पश्चिम सडकखण्ड अन्तर्गत गौरबाट चितवनतर्फ आउँदै गरेको ना ८ ख ८७७३ नम्बरको भाडाको बसलाई विशेष सूचनाका आधारमा चेकजाँचका क्रममा पक्राउ परेका हुन। प्रहरीले धिरज कुमारको साथबाट १ राउण्ड गोली लोड भएको नौ एमएमको अटो पेस्तोल र थप २ थान गोलीगरी ३ थान गोलीसहित उनीहरूलाई पक्राउ गरिएको जनाएको छ। अहिले पक्राउ परेको दुवै जनालाई प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
प्रतिक्रिया दिनुहोस !