वायु प्रदूषण नियन्त्रणमा ध्यान

वायु प्रदूषण नियन्त्रणमा ध्यान
सुन्नुहोस्

पोखरा आफैंमा सुन्दरमात्रै होइन सफा सहर पनि भनेर ठानिन्छ, मानिन्छ। तर, वायु प्रदूषणमा भने देशमै सबैभन्दा बढी दूषित वायु भएको सहरमा दर्ज भएको छ। यो आइतबार यहाँका वायु गुणस्तर सूचकांक एक्युआई चार सयको हाराहारीमा रह्यो। वातावरण विभागको तथ्यले त्यही भन्छ। वातावरण विभागका अनुसार वायु गुणस्तर सूचकांक ०–५० हुँदा राम्रो हो। ५१–१०० मध्यम र १०१–१५० संवेदनशील समूहका लागि अस्वस्थकर मानिन्छ। १५१–२०० भए त सबैलाई अस्वस्थ्यकर नै हुन्छ। २०१–३०० निकै अस्वस्थ तथा ३०१ भन्दा माथि खतरनाक हुन्छ। पोखराको सूचकांक त्यही खतरनाक सूचीमा पुगेको छ। 

स्वास्थ्य विज्ञहरूका अनुसार वायु प्रदूषणले श्वासप्रश्वास, मुटु, फोक्सो, आँखा तथा छालासम्बन्धी विभिन्न समस्या निम्त्याउन सक्छ। विशेषगरी बालबालिका, वृद्धवृद्धा, दीर्घरोगी तथा गर्भवती महिलाहरूलाई वायु प्रदूषणको असर गम्भीर रूपमा पर्ने देखिन्छ। प्रदूषणका कारण दीर्घकालीन रूपमा दम, फोक्सोको संक्रमण, उच्च रक्तचाप, हृदयाघात र अन्य जटिल रोगहरूसमेत निम्तिन सक्छन्।

पोखरा आफंैमा औद्योगिक सहर होइन, जहाँ वायु प्रदूषण गराउने ठूला कलकारखाना होऊन्। छैनन् पनि। तर, वायु दूषित हुन त्यही सहरमा कुनै उपद्रो हुनु नपर्ने रहेछ। वातावरणविद् त पोखरामा पाकिस्तान र भारत हुँदै पनि दूषित वायु भित्रन्छ भन्छन्। त्यसो त भारतको दिल्लीले पञ्जाब र हरियाणाबाट दूषित वायु आयो भनेर गुनासो गरिरहन्छ। वायु राजनीतिक सीमारेखा छिचोलेर जहाँ जता पनि बहन्छ। नेपालका घरगाउँ वा सहर जहाँ पनि देशबाहिरदेखि नै दूषित हावा आइपुग्छ नै। त्यसमाथि पोखरा उपत्यका, काठमाडौं कचौरा आकारका छन्, जहाँ भित्रिएको दूषित वायु अर्काे बेतोडको हावा नचलेसम्म उडेर अन्त जाँदैन, धकेलिन्न। वायु प्रदूषण जुन यसपालिको हिउँदमा मात्रै नभई केही वर्षयता देखिएको छ, त्यसको कारण आन्तरिकभन्दा ज्यादा बाह्य छ। त्यसमाथि सारा पृथ्वी तातिने र जलवायुमा परिवर्तन तीव्रतर रूपमा भइरहने जुन गति छ, त्यसका लागि त नेपाल स्वयंले खास ठूलो केही मिल्ने पनि छैन। विश्व मञ्चहरूमा आवाज उठाउने काम चाहिँ नेपालले गरिरहेकै छ, प्रदूषण पनि ठूला राष्ट्रहरूले गरिरहेका छन् पृथ्वी नै तताउने उपद्रो पनि तिनैले मच्चाइरहेका छन्। 

आन्तरिक रूपमा भने हामीले जलवायु परिवर्तन अनुकूल बाँच्न र खेतीपाती गर्न सिक्नु छ। वन डढेलो रोक्ने दायित्व पनि निर्वाह गर्नुपर्छ, जुन वायु प्रदूषणको एउटा कारण हो। यातायातका साधनबाट निस्कने धुवाँ पनि हानिकारक हुन्छ। हामीले मापदण्ड पूरा नगरेका गाडी नियन्त्रण गर्न सक्नुपर्ने पनि छ। सकिने जति आन्तरिक प्रयास गर्ने र अन्तर्राष्ट्रिय मञ्चहरूमा वायु प्रदूषण रोक्नका लागि आवाज उठाउनेलगायत काम नेपालले गर्नुपर्छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.