यो सरकार ३ वर्ष टिक्छ, हामी कुनै उपद्रो गर्दैनौं : महामन्त्री थापा

यो सरकार ३ वर्ष टिक्छ, हामी कुनै उपद्रो गर्दैनौं : महामन्त्री थापा
सुन्नुहोस्

प्यूठान : नेपाली कांग्रेसले इमानदारिताका साथ यो सरकार सञ्चालन गर्ने पार्टीका महामन्त्री गगन थापाले बताएका छन्। सरकार फेरबदलको चर्चा चलिरहेका बेला उनले सोमबार प्यूठानको शिवालयमा भएको आमसभालाई सम्बोधन गर्दै यस समयावधिमा सरकारबाट अधिकतम उपयोग गर्न चाहेको उनले बताए।

‘हामी इमान्दार भएर आफ्नो भूमिका निर्वाह गर्छौं, गर्न चाहन्छौं’, महामन्त्री थापाले भने, ‘अहिले भएको समझदारीमा हाम्रो इमान्दारिता रहन्छ, हामी कुनै चकचक गर्दैनौं। हामी कुनै उपद्रो गर्दैनौं, हामी यताबाट उफ्रेर उता पनि जाँदैनौं।’

गणतन्त्र, समावेशी, समानुपातिकजस्ता एजेन्डाहरूलाई थप बलियो बनाउँदै संविधानभित्रका केही कुरा संशोधन आवश्यक रहेको उनले बताए। तीन तहका सरकारहरूलाई बलियो बनाउने, संसद् तथा मन्त्रीहरूको संख्यालाई कम गर्ने, जिल्ला समन्वय समिति खारेज गर्नुपर्ने जस्ता विषयहरूमा संशोधन आवश्यक रहेको उनको भनाइ थियो। १० वर्ष संविधान कार्यान्वयनका क्रममा देखा परेका जटिलताहरूलाई अनुभवका आधारमा संशोधन गरिने महामन्त्री थापाले बताए। सकेसम्म एउटै पार्टीको बहुमत आउने उपाय खोजेर संविधान संशोधन आवश्यक रहेको उनको भनाइ थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.