हुम्लामा चैतलो पर्व

हुम्लामा चैतलो पर्व
सुन्नुहोस्

हुम्ला : सिमकोट र ठेहे गाउँमा प्रत्येक वर्षको फागुन १२ गते मात्र मनाइने पर्व हो चैतलो। यसलाई यहाँका सधवा महिलाले पीत वस्त्रधारण गरेर गाउँको सामूहिक सभास्थल ‘चौपाडी वा भुओखाडो’मा सामूहिक गीतिनाचका रूपमा खेल्ने गरिन्छ। यो पर्व वसन्तलाई स्वागत गर्ने पर्वका रूपमा पनि मान्ने गरिन्छ।

गाउँगाउँको टोलटोलबाट पहेँलो वस्त्र धारण गरेर विभिन्न प्रकारका गरगहना लगाई सामूहिक रूपमा खेल्ने गीति नाच नै चैतलो हो। गाउँको सबैलाई पायक पर्ने ठाउँ जसलाई स्थानीय भाषामा स्थान विशेषः ‘चौपाडी, सभाथाडो, भुओखाडो’ आदि ठाउँमा जम्मा भएर जेष्ठताका आधारमा पंक्तिबद्ध भई ‘बाह्र भाइ मस्टो, नौ दुर्गा भवानी’को प्रशस्तिलगायत ऋतुहरूको बारेमा गुणगान गाएर गीति नाच खेल्ने गरिन्छ। यहाँ सुरुमा देवदेवी र पञ्चभूतŒवलाई खुसी पार्न मागल, चुड्किला, चाचडी, आरतीजस्ता लोक प्रस्तुति गाइन्छ भने त्यसपछि रामरमाइलोका लागि चुड्किला र देउडा खेल्ने गरिन्छ। सिमकोटको तल्लो गाउँ खाद्दकको बीचमा रहेको चौपाडी’मा यहाँको मस्टो देवताले ठूलो शिलामुनि शिला अर्थात् सहकालका लागि दीक्षादाना राखेर चैतलो खेल्ने चैतालुहरूलाई टीका लगाएपछि मात्र खेल आधिकारिक रूपमा सुरु भएको मानिन्छ।

विशेषतः सिमकोट गापाको वडा नम्बर १ र २, ठेहे गाउँ र सिमकोट वडा नम्बर ५ र ६ खाद्दक, पाँबाडा र लादेवाडा गाउँका स्थानीयहरूले अनिवार्य रूपमा फागुन १२ गते मनाइने महिला पर्व चैतलो हो। यसलाई यस क्षेत्रको तीजभन्दा पनि ठूलो मान्ने गरिन्छ। आफ्ना पतिको दीर्घायुको कामना गर्दै नयाँ आउने ऋतुको सुरुवाती ऋतु वसन्तको आगमनलाई स्वागत गरेर वर्षभरि नै राम्रो होस् भन्ने कामनाका साथ प्रकृति र संस्कृतिलाई संयोजन गर्ने गराउने पर्वका रूपमा चैतलोलाई मानिँदै आएको छ।

यो गीति नाचपछि आफन्त र नजिकका मित्रलाई घरमा बोलाएर चिउला, च्याउँका, खिर, भात, सेल, मासुलगायत अन्य विभिन्न मिष्ठान्न परिकार खुवाउने चलन छ।

सिमकोट गापाले सिमकोट वडा नं १,२, ५ र ६ वडामा मनाइने स्थानीय पर्व चैतलोलाई २०७९ सालबाट फागुन १२ गते सार्वजनिक बिदा दिने गरेको छ। यो दिनमा गाउँपालिका र मातहतका कार्यालयहरू तथा सामुदायिक शिक्षण संस्थाहरूलाई बिदा दिइएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.