राराको डाँफे होटलमा आगलागी

राराको डाँफे होटलमा आगलागी
सुन्नुहोस्

मुगु : रारा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र रहेको डाँफे होटलमा बिहीबार राति १२ बजे आगलागि हुँदा पूर्ण क्षति भएको छ। रारा राष्ट्रिय निकुञ्ज  हुटु क्षेत्रमा रहेको होटलको भान्सा कोठाबाट सल्केको आगोले होटलका पाँच वटा भवन, चार वटा टेण्ट जलेर करोडौंको धनमाल पूर्णरुपले क्षति भएको हो।

बिहीबार होटलमा ६९ जना रारा घुम्न आएका आन्तरिक पर्यटकसहित होटलमा काम गर्ने १५ जना भन्दा कर्मचारी थिए। होटलमा रहेका सबै जना सुतिरहेका बेला भान्साको आगो सल्केर होटलका सबै भवन र चार वटा टेण्ट जलेर खरानी भएको छ। आगलागीबाट तिन करोडभन्दा बढीको धनमाल क्षति भएको होटलका सञ्चालक गोपाल बमले जानकारी दिए।

होटल सञ्चालकबमले दिएको जानकारी अनुसार बिहीबार राति अबेरसम्म होटलमा आएका पाहुनाहरू रमाइलो गरेका थिए। ११ बजे सबै सुति सकेका थिए। बिहीबार शिवरात्री परेकाले होटलमा काम गर्ने कर्मचारीहरू भान्सा कोठामा गफिदै गरेका थिए। आफू सुति सकेको र १२ बजे आगलागी भएको हल्ला आएपछि आगो निभाउन पानी जोड्न लागेको र आगो जताततै फैलिन थालेपछि सबै पाहुनाहरुलाई कोठाबाट बाहिर निकाल्न लागियो अन्तत आगोले ठूलोरुप लिएर सबै भवन धनमाल जल्यो।  होटल नजिक रहेको निकुञ्ज कार्यालयका कर्मचारी र १० मिनेट टाढा रहेको हनुमानध्वज गुल्मबाट नेपाली सेना आगो निभाउन लागि परेपनी राति ३ बजेसम्म आगोले होटल पूर्ण रुपले क्षति भएको थियो।

 
होटलमा बास बसेका ६९ जना पाहुनालाई उद्धार गरी राति नै उक्त होटलबाट सल्लेरीमा रहेको बमकै अर्को होटलमा लगिएको थियो। आगलागीबाट क्षतिको विवरण एकिन हुन प्रहरी नायव उपरीक्षक सरोज गिरीले जानकारी दिए। प्रमुख जिल्ला अधिकारीसहित  गिरीको टोली घटनास्थलमा पुगेको छ। null


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.