जनताको हितमा काम गर्न खानेपानी मन्त्रीको संस्थानका कर्मचारीलाई निर्देशन

जनताको हितमा काम गर्न खानेपानी मन्त्रीको संस्थानका कर्मचारीलाई निर्देशन
सुन्नुहोस्

काठमाडौं : खानेपानी मन्त्री प्रदिप यादवले खानेपानी संस्थानमा देखिएको बेतिथि अन्त्य गर्दै नाफामा लगेर छाड्ने प्रतिवद्धता जनाएका छन्। संस्थानको ३६ औं वार्षिकोत्सवका अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री यादवले नयाँ योजनाका साथ संस्थानमा देखिएको बेतिथि अन्त्य गर्दै घाटामा रहेको संस्थानलाई नाफामा लगेर छाड्ने प्रतिवद्धता जनाएका हुन् । उनले केहि कर्मचारीहरूले संस्थाको हित बिपरित काम गरेको भन्दै असन्तुष्टि समेत व्यक्त गरे। 

संस्थानलाई कार्यबहाकको भरमा धेरै दिन चलाउन नसकिने भन्दै छिटै महाप्रबन्धक नियुक्त गर्ने उनले जानकारी दिए । उनले आफू मन्त्रालयमा आएपछि खानेपानीको क्षेत्रमा धेरै सकारात्मक काम भएका कारण जनताको असन्तुष्टि अन्त्य भएको दावी गरे।

मन्त्री यादवले जनतालाई हितमा राखेर काम गर्न कर्मचारीहरूलाई निर्देशन दिए। कार्यक्रममा संस्थानका केहि कर्मचारीलाई सम्मान गरिएको थियो । 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.