आफ्नै आमालाई चिर्पट प्रहार गर्ने छोरा पक्राउ
काभ्रे : जिल्लाको खानीखोला गाउँपालिका-५ मा आफ्नै आमालाई चिर्पट प्रहार गर्ने छोरालाई प्रहरीले पक्राउ गरेको छ। खानीखोलाका २८ वर्षीयका विकास भुजेलले आमा सुनमायालाई चिर्पट प्रहार गरेका हुन्।
आमा सुनमायाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। भुजेलले आमालाई चिर्पट प्रहार गरेर गाउँपालिकाको कार्यालयमा कार्यरत गाउँ प्रहरी ३० वर्षीय पाल्साङ लामालाई पनि चुप्पी प्रहार गरेको प्रहरीले जनाएको छ।
आक्रमणमा संलग्न विकाशलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी निरीक्षक दिनेश कुँवरले बताए। घाइते सुनमायाको स्थानीय तालढुंगा स्वास्थ्य केन्द्रमा उपचार भइरहेको र पाल्साङ लामालाई उपचारका लागि धुलिखेल अस्पतालमा ल्याएको कुँवरले जानकारी दिए। लामाको छाती र हातमा चोट पुगेको अवस्था मध्यम रहेको जनाएको छ।
आक्रमणमा संलग्न भुजेलले मादक पदार्थ सेवन गरेर आक्रमण गरेको प्रहरीले जनाएको छ। उनलाई प्रहरीले नियन्त्रण लिई थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !