जबजकै कारण एमाले निर्णायक शक्ति : पूर्वराष्ट्रपति भण्डारी

जबजकै कारण एमाले निर्णायक शक्ति : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद (जबज) स्मरण गरेकी छन्। पत्रकार एवं नवनियुक्त एमालेका प्रसार तथा प्रकाशन विभागका सचिव गणेश पाण्डेको ‘केपी शर्मा ओली: सपना, संघर्ष र संकल्प’ पुस्तकको लोकार्पणमा पूर्वराष्ट्रपति   भण्डारीले जबजकै कारण एमाले निर्णायक  शक्तिका रूपमा स्थापित भएको बताएकी छन्।  

‘जननेता मदन भण्डारीले अघि सार्नु भएको जबजलाई नेकपा एमालेले मार्गदर्शक सिद्धान्तका रूपमा अंगिकार गरेको छ,’ उनले भनिन्, ‘एमालेले आफू यही सिद्धान्तको आधारमा निर्णायक शक्तिका रूपमा आफूलाई स्थापित गरेको छ। सामाजिक न्यायसहित सुदृढ अर्थतन्त्रको निर्माण गर्ने संकल्प गरेको छ।’ उनले एमालेसँग जनआधारित अनुशासित, समर्पित कार्यकर्ता र सदस्यको व्यापक विस्तारित पंक्ति रहेको बताइन्। एमालेसँग अनुभवी, संयमी र दृढ संकल्प भएको नेतृत्व तह रहेकाले कुनै घटनाले विचलित तुल्याउन नसक्ने उनको भनाइ छ।  उनले भनिन्, ‘बहुलवाद र बहुदलीय प्रतिस्पर्धालाई उच्च प्राथमिकता दिएर राजनीतिक    श्रेष्ठताबाट नै सरकारको नेतृत्वमा पुग्ने र सामाजिक आर्थिक रूपान्तरण गर्ने लक्ष्य लिएको एमालेलाई कुनै पनि राजनीतिक घटनाले तथा परिघटनाले बिचलित तुल्याउन सक्दैन।’ उनले सबै दलहरूले लोकतान्त्रिक मूल्यमान्यताको आत्मासात गर्नुपर्ने बताएकी छन्। 

पूर्वराष्ट्रपति भण्डारीले मुलुकको राजनीतिक, सामाजिक तथा आर्थिक परिवर्तन गर्न एमालेको महत्वपूर्ण योगदान रहेको बताएकी छन्। उनले एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई कुशल रणनीतिकार र  राजनेताको संज्ञा  दिएकी छन्। उनले भनिन्, ‘अतुलनीय सक्रियता, अदम्य इच्छाशक्ति र सिर्जनशील क्षमताका धनी प्रधानमन्त्री एक अब्बल एवं लोकप्रिय राजनेता हुनुहुन्छ।’

उनले ओलीको एमालेले गुटफुटलाई परास्त गर्दै एकताबद्ध बनाएको  भन्दै प्रशंसा गरेकी छन्।  कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउन योगदान खेल्न अपेक्षा पूर्वराष्ट्रपति भण्डारीले  प्रधानमन्त्री ओलीलाई आगामी दिनमा पनि कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउने भूमिका खेल्न आग्रह गरेकी छन्। ‘नेकपा एमालेको आन्तरिक जीवनलाई लोकतान्त्रीकरण गर्न कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउन, तथा उत्पन्न हुने गुट र फुटलाई परास्त गरेर पार्टीलाई सुदृढ तुल्याउन निर्वाह गर्नुभएको भूमिकाको सराहना गर्दछु्,’ उनले भनिन्, ‘साथै भविष्यमा समेत यस किसिमको रचनात्मक पहलकदमी अग्रसरता कायम राख्दै नेपाली कम्युनिस्ट आन्दोलनलाई थप एकताबद्ध बनाएर सफलताको अर्को सिँढी उकाल्न उहाँबाट ठूलो योगदान पुग्ने नै छ।’ 

एमालेकी पूर्वउपाध्यक्षसमेत रहेकी भण्डारीले ओलीमाथि नेता कार्यकर्ताको पनि कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउन भूमिका खेल्ने अपेक्षा रहेको बताएकी  छन्। 

एमालेका महासचिव शंकर पोखरेलले केपी शर्मा ओलीले प्रधानमन्त्री भएर राष्ट्रको जीवनमा असाधारण काम गरेको बताए। महासचिव पोखरेलले ओली प्रधानमन्त्री हुँदा नाकाबन्दीको सामना गरेको स्मरण गरे। 

२०७२ सालमा संविधान जारी भएपछि नेपालमाथि भारतले नाकाबन्दी गरेको थियो। प्रधानमन्त्री ओलीले त्यो बेला नाकाबन्दीको विरुद्ध कडा प्रतिकार गरेका थिए। उनले लिम्पियाधुरा,  लिपुलेक,  कालापानीलाई समेटर नक्सा प्रकाशित गर्नेदेखि देसको पक्षमा ओलीले धेरै काम गरे।  

उनले भने, ‘नाकाबन्दीको सामना गर्ने कुरो होस् चाहे नयाँ नक्सा प्रकाशित गर्ने कुरा होस्। चाहेन जनामा मुर्झाएका सपनालाई जागृत गरेर विकास र समृद्धिको बाटामो मुलुकलाई अगाडि बढाउने कुरा हो।’

उनले राष्ट्रियताको प्रश्नमा दिशा निर्देश गर्ने कुरामा पनि अग्रस्थानमा रहे पनि अहिले प्रहार र घेराबन्दी भइरहेको बताए। उनले सामाजिक सञ्जालमा समाजमा सबैभन्दा धेरै आलोचनाको पात्रका रूपमा केपी ओलीलाई चित्रण गराइएको भन्दै आपत्ति जनाए। 

नायिका केकी अधिकारीले प्रधानमन्त्री केपी शर्मा ओली सबै खालका सल्लाह, सुझाव र गुनासो मज्जाले सुन्न सक्ने व्यक्तित्व भएको बताएकी छिन्।  उनले ओलीमा मिजास र ऊर्जा दुवै भएको बताइन्। ‘उहाँ मिजासिलो र ऊर्जाशील व्यक्तित्व हुनुहुन्छ, मैले सधैं उहाँलाई त्यस्तो पाएको छु’, अधिकारीले भनिन्। संविधानविद नीलाम्बर आचार्य, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल लगायतले पुस्तकको विषयमा चर्चा गरेका थिए। 

पूर्वराष्ट्रपति पाण्डेद्वारा सम्पादित ‘केपी शर्मा ओलीः सपना, संघर्ष र संकल्प’ पुस्तकको लोकार्पण गरेकी छन्। प्रधानमन्त्री एवं  एमालेका अध्यक्ष ओलीले लोकतन्त्रप्राप्तिका लागि गरेका अनेक संघर्षदेखि मुलुकको समृद्धिका लागि देखाएका सपना र   गरेका नेतृत्वदायी पहललाई केन्द्र राखेर सो पुस्तक तयार गरिएको हो। 

सो पुस्तकमा प्रधानमन्त्रीपत्नी एवं प्रथम महिला राधिका शाक्यदेखि संविधानविद निलाम्बर आचार्य, एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, सांसद सूर्य थापा र कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल, विनोद चौधरीसम्मको गरी ६७ वटा लेख समावेश गरिएको छ। सबै लेख प्रधानमन्त्री ओलीको विषयमा विषयमा केन्द्रित रहेको छ। सो पुस्तक अल्केमी प्रकाशनले गरेको हो। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.