अमेरिकाले युक्रेनलाई दिंदै आएको सैन्य सहयोग बन्द गर्ने

अमेरिकाले युक्रेनलाई दिंदै आएको सैन्य सहयोग बन्द गर्ने
सुन्नुहोस्

वासिङटन डिसी : ह्वाइट हाउसले युक्रेनलाई दिइँदै आएको सैन्य सहयोग रोक्ने घोषणा गरेको छ। अमेरिकी मिडिया आउटलेट ब्लूमबर्गले रिपोर्टअनुसार युक्रेन शान्तिको प्रतिबद्धता नगरेसम्म सहयोग रोक्न लागिएको हो।

'युक्रेनका नेताहरूले शान्तिप्रति सद्भावपूर्ण प्रतिबद्धता प्रदर्शन नगरेसम्म अमेरिकाले युक्रेनलाई दिँदै आएको सबै सैन्य सहयोग रोक्दैछ,' ब्लूमबर्गको रिपोर्टमा उल्लेख छ।

यस प्रतिवेदनमा अहिलेसम्म अमेरिकी रक्षा विभाग वा राष्ट्रपति डोनाल्ड ट्रम्पले कुनै टिप्पणी गरेका छैनन्।

ब्लूमबर्गले युक्रेन नपुगेका अमेरिकी सैन्य उपकरणहरू रोकिने बताएको छ। यसमा पोल्याण्ड पुगेका सामानहरू पनि समावेश हुनेछन्।

गत हप्ता ह्वाइट हाउसमा जेलेन्स्की र ट्रम्पबीच भएको चर्को बहसपछि घटनाक्रम द्रुत गतिमा परिवर्तन भइरहेको छ। बीबीसी


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.