अर्घाखाँचीमा नक्कली भारतीय नोटसहित एकजना पक्राउ
अर्घाखाँची : गोरुसिंगे सन्धिखर्क सडक अन्तर्गत अर्घाखाँचीको शितगंगा १२ मा भारतीय नक्कली नोटसहित एकजना पक्राउ परेका छन् ।
शितगंगा नगरपालिका वडा नम्बर १२ को ठूलो ढोडेनी पहिरो नजिकै जिल्ला प्रहरी कार्यालयबाट खटिएको गस्ती टोलीले खानतलासी गर्दा २ हजारका नक्कली ९ वटा नोटसहित एकजनालाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा पाल्पाको रैनादेवी छहरा गाउँपालिका ४ घर भइ हाल अर्घाखाँचीको शितगंगा नगरपालिका १ बस्दै आएका १९ वर्षीय दिपक राना भन्ने थानबहादुर बस्नेत क्षेत्री रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डिएसपी चक्रबहादुर मल्लले बताए ।
नक्कली १८ हजार भारतीय रुपैयाँसहित पक्राउ परेका निज व्यक्तिलाई मुलुकी आचारसंहिता २०७४ को मुद्रा सम्बन्धी कसुरमा अर्घाखाँची जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी प्रमुख डिएसपी मल्लको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस !