माओवादी सांसदलाई जब अर्थमन्त्रीले भने- तपाइँको नाकमा समस्या छ, डाक्टरलाई देखाउनुस्
काठमाडौं : उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले विपक्षी दलका सांसदहरूले गरेको प्रश्नप्रति आक्रोशित भएका छन्। बुधबार प्रतिनिधिसभा बैठकमा अध्यादेशका सम्बन्धमा विपक्षी सांसदहरूले सोधेको प्रश्नमाथि उनले कडा जवाफ दिएका छन्।
निजीकरण (पहिलो संशोधन) अध्यादेशका सवालमा माओवादी सांसद माधव सापकोटाले विभिन्न आरोप लगाएर अर्थमन्त्रीमाथि खनिएका थिए। उनले लोकतन्त्रमाथि नै प्रश्न उठाउँदै गिरिबन्धु टीस्टेटको गन्ध आएको आरोप लगाएका थिए।
जवाफमा अर्थमन्त्री पौडेलले सांसद सापकोटालाई आफ्नो नाक डाक्टरलाई देखाउन सुझाव दिएका थिए। 'तपाइँको नाकको स्वास्थ्य ठीक छैन जस्तो लाग्यो। एकपटक डाक्टरलाई देखाउन सुझाव दिन्छु,' उनले भने। अर्थमन्त्री पौडेलले विषयवस्तु भन्दा बाहिर गएर प्रश्न गर्न संसदको समय खेर फाल्नु बराबर रहेको बताएका थिए।
त्यस्त माओवादी सांसद सूर्यमान तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुमाना श्रेष्ठले सोधेको प्रश्नको पनि अर्थमन्त्री पौडेलले कडा जवाफ दिएका थिए।
हेर्नुस् भिडियो:
प्रतिक्रिया दिनुहोस !