धरानमा फेरि गोली हानेर गाँजा तस्कर पक्राउ

२ सय ३० केजी गाजा बरामद

धरानमा फेरि गोली हानेर गाँजा तस्कर पक्राउ
सुन्नुहोस्

धरान : धरानमा प्रहरीले बिहीवार बिहान गोली हानेर २ सय ३० केजी प्रतिबन्धित लागू औषध गाँजा बरामद गरेको छ । धरान उपमहानगरपालिका-२० जंगलमा प्रहरीले बिहीवार बिहान १२:३० बजे गोली हानेर गाँजा बरामद गरेको हो । 

धनकुटाको सागुरीगडी गाउँपालिकाको आहालेबाट धरानतर्फ गाँजा बोकेर आउँदै गरेका आठजनाको समूहलाई नियन्त्रण लिने क्रममा इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक दिवस कुँवरको नेतृत्वको टोलीले गोली हानेर गाँजा तस्कर गर्ने व्यक्तिलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख एसपी सुमन कुमार तिम्सिनाले बताए । 

उनले गाँजा तस्करहरूले प्रहरीमाथि आक्रमणको प्रयास गरेपछि प्रतिरक्षाका लागि गोली हानेर एक तस्करलाई नियन्त्रणमा लिएको जानकारी दिएका छन् । गाँजा तस्करी गर्ने धनकुटा सागुरीगडी-९ का ४३ वर्षीय हरिकुमार राइलाई पक्राउ गरेको एसपी तिम्सिनाले बताए । 

नौजना तस्करहरूले नौ भारी गाँजा नाम्लो लाएर बोकी धरानतर्फ आउँदै गर्दा बिष्णुपादुका जंगलमा आएपछि तस्कर र प्रहरीको जम्का भेट भएको थियो । 

गाँजा तस्करी गर्ने मुख्य नाइकेले स्थानीयलाई केही रकम दिएर गाँजा धरान पुर्याउन लगाएको बुझिएको छ । सुनसरी प्रहरीले गाँजा तस्करी नियन्त्रणलाई प्रभावकारी बनाउन राजमार्गहरूमा कडा निगरानी बढाएपछि तस्करहरूले जंगलको बाटो प्रयोग गर्न थालेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी योगराज खतिवडाले बताए । यस अगाडि पनि सयौं केजी गाँजा बरामद गरेको प्रहरीले दुईदर्जन बढी सवारी साधन बरामद गरेको छ । 

गाँजा तस्करीमा सम्लग्न अन्य सातजना फरार रहेकाले उनीहरूको पहिचान गरि फरार प्रतिबादी बनाएर मुद्दा चलाउने प्रहरीको तयारी छ । रातिको समय भएको र जंगल क्षेत्र भएकाले सबै गाँजा तस्करहरूलाई पक्राउ गर्न नसकिएको प्रहरीले बताएको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.