लोडसेडिङ कुलमान घिसिङका कारण अन्त्य भएको होइन : ऊर्जामन्त्री

लोडसेडिङ कुलमान घिसिङका कारण अन्त्य भएको होइन : ऊर्जामन्त्री

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले समयभित्र कार्यसम्पादन मूल्याङ्कन नबुझाएकाले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई शून्य अंक दिनुपरेको बताएका छन्। 

बिहीबार प्रतिनिधिसभा बैठकमा मन्त्री खड्काले समयमै कार्यसम्पादन नबुझाएकाले कुलमानले अङ्क प्राप्त गर्न नसकेको बताए। समयभित्र कार्यसम्पादन मूल्याङ्कन नबुझाएपछि मन्त्रालयले पत्राचार गर्दा कुलमानले आफैंलाई नम्बर दिएर कार्यसम्पादन मूल्याङ्कन पठाएको तर्क गरे।

मन्त्री खड्काले कुलमान घिसिङले सरकारलाई समेत नटेरेको भन्दै कानुनभन्दा माथि कोही हुन नसक्ने बताए। आफू मन्त्रालयमा आएपछि कुलमानप्रति धेरै उत्साहित भए पनि अध्ययन गर्दै जाँदा धेरै कमजोरी देखिएको बताए। 

उनले प्राधिकरणले उठाउन नसकेको वक्यौतालाई आधार मानेर नाफा देखाएको तर्क गरे। प्राधिकरणको सम्पत्ति तथा दायित्वको मूल्याङ्कनका लागि पटक-पटक निर्णय भए पनि २५ वटाभन्दा बढी संस्थाको विवरण उपलब्ध नगराएको आरोप लगाए। मन्त्री खड्काले प्रक्रिया नै पूरा नगरी भारतसँग विद्युत् खरिदको सम्झौता गरेको जिकिर गरे। उनले कुलमानका कारण नभइ भारतबाट सहजरूपमा विद्युत् आपूर्तिका साथै मुलुकमा विद्युत् आयोजनाबाट थप उत्पादन भएकाले लोडसेडिङ अन्त्य भएको बताए। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.