निष्कासन गरिएका नेपालीलाई हतकडी र नेल लगाएको भन्दै सांसदहरूको आपत्ति

निष्कासन गरिएका नेपालीलाई हतकडी र नेल लगाएको भन्दै सांसदहरूको आपत्ति
सुन्नुहोस्

काठमाडौं : सांसदहरूले अवैधरूपमा विभिन्न देशका बसेका नेपालीलाई फर्काउने क्रममा अमानवीय व्यवहार भएको भन्दै सरकारको ध्यनाकर्षण गराएका छन्। बिहीबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा उनीहरूले अमानवीय व्यवहारका साथ नेपालीहरूलाई फर्काउने काम भएको भन्दै सरकारले यसमा ध्यान दिनुपर्ने जनाएका हुन्।

अमेरिकाले निष्कासन गरेका ११ जना नेपालीलाई चार्टर जहाजबाट बुधबार नेपाल फर्काएको थियो। उनीहरूलाई हात र खुट्टामा हतकडी र नेल लगाएर नेपाल फर्काइएको थियो। सोही घटनालाई लिएर सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका हुन्।

बैठकमा कांग्रेस सांसद रामहरि खतिवडाले अमानवीय व्यवहारका काम बन्द हुनुपर्ने र मानव अधिकार मूल्य मान्यताका आधारमा नेपालीलाई फिर्ता गर्नुपर्ने र यसमा सरकारले ध्यान दिनुपर्ने उनले बताए। त्यस्तै उनले एनजीओ र आइएनजीओका नाममा आएका रकमको दुरुपयोग भएको भन्दै यसमा सरकारले श्वेतपत्र जारी गर्नुपर्ने धारणा राखे। त्यस्तै माओवादी सांसद देवेन्द्र पौडेलले मानवअधिकारका अन्तर्राष्ट्रिय मूल्य मान्यता विपरीत नेपालीलाई फिर्ता गरेको भन्दै आपत्ति जनाए। 

विदेशमा रहेका नेपालीलाई सुरक्षा गर्न र सहजरूपमा नेपालमा फिर्ता गर्नका लागि सरकारले गम्भीर कदम चाल्न उनले ध्यानाकर्षण गराए। उनले नेपालमा नै भविष्य देख्ने गरी युवाहरूलाई स्वदेश फर्काउने काम गर्न पनि सरकारको ध्यानाकर्षण गराए।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.