'स्वास्थ्य सचिव बढुवामा संविधान च्यात्ने काम भयो, स्वास्थ्य मन्त्रीले राजीनामा दिनुपर्छ'

'स्वास्थ्य सचिव बढुवामा संविधान च्यात्ने काम भयो, स्वास्थ्य मन्त्रीले राजीनामा दिनुपर्छ'
सुन्नुहोस्

काठमाडौं : स्वतन्त्र सांसद अमरेशकुमार सिंहले स्वास्थ्य मन्त्री प्रदीप पौडेलको राजीनामा माग गरेका छन्। बिहीबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सांसद सिंहले स्वास्थ्य मन्त्रालयको सचिवमा बढुवा गर्दा सिनियरलाई ख्याल नगरिएको भन्दै स्वास्थ्यमन्त्री पौडेलको राजीनामा माग गरेका हुन्।

उनले सरकारले स्वास्थ्य मन्त्रालयको सचिव नियुक्त गर्दा संविधान च्यात्ने काम गरेको भन्दै आक्रोश व्यक्त गरे। सिंहले संगिता मिश्रसँग केही चिनजान नरहेपछि मधेसी भएकै कारण सिनियर भएर पनि उनलाई बढुवा नगरेको आरोप लगाए। मधेसी समुदायको एउटा आस्थाको केन्द्रलाई ठेस पुर्‍याउने काम सरकारले गरेको उनले बताए

बुधबार बसेको मन्त्रिपरिषदको बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवमा डा. विकास देवकोटालाई नियुक्त गर्ने निर्णय गरेको थियो। सिफारिस समितिले सचिवका लागि डा. देवकोटासहित स्वास्थ्य मन्त्रालयमा १२औं तहमा रहेका डा. संगिता मिश्र र डा टंक बाराकोटीको नामसमेत सिफारिस गरेको थियो।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.