ऊर्जामन्त्रीलाई लिङ्देनले भने- सदनमा मुर्खहरूमात्र छैनन्, कुलमानका विषयमा झुटा विवरण दिनु उचित भएन

ऊर्जामन्त्रीलाई लिङ्देनले भने- सदनमा मुर्खहरूमात्र छैनन्, कुलमानका विषयमा झुटा विवरण दिनु उचित भएन
सुन्नुहोस्

काठमाडौं : राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका विषयमा ऊर्जामन्त्रीले सदनमा झुटा विवरण प्रस्तुत गरेको आरोप लगाएका छन्। बिहीबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै अध्यक्ष लिङ्देनले मन्त्रीजस्तो व्यक्तिले संसदलाई झुटा विवरण दिनु उचित नभएको र सदनमा मुर्खहरूमात्र बसेको नठान्न आग्रह गरे।

कर्मचारीलाई सरकारले कारिन्दा र नोकरमात्र ठान्छ भने आफूहरू त्यस्ता कर्मचारीको पक्षमा उभिने उनले बताए। उनले ३५ अर्ब घाटामा रहेको प्राधिकरणलाई ८ वर्षमा ५२ अर्व खुद नाफामा लाने कुलमानप्रति ऊर्जामन्त्रीले झुटा विवरण प्रस्तुत गर्दा जलविद्युत क्षेत्रमा नकारात्मक सन्देश जाने धारणा राखे। लिङदेनले व्यक्तिगत आकांक्षा पूर्तिका लागि संस्थाको हित विपरीत कार्य नगर्न ऊर्जामन्त्रीलाई सुझावसमेत दिए।

उनले ऊर्जामन्त्रीको कुरा सुन्दा व्यवसायीहरूबाट २२ अर्ब रुपैयाँ नउठाउने संकेत देखिएको भन्दै त्यस्तो गर्न नपाइने जिकिर गरे। उनले आफ्नो स्वार्थका लागि कूलमानलाई हटाउने कामबाट पछि हट्न र परिस्थिति बिग्रन नदिन ऊर्जा मन्त्रीलाई सुझाव दिए। 

त्यस्तै नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले एक जना कर्मचारीका लागि दलीयकरण नगर्न विपक्षी दललाई सुझाव दिए। उनले कुलमान घिसिङलाई देवत्वकरण नगर्न सुझाव दिए। एउटा कर्मचारीलाई दलीयकरण गरेर संसद्को प्रतिपक्ष उठेको देख्दा लाज लागेको उनले बताए। नेपालको कर्मचारीतन्त्र दूधले नुहाएको नभएको उनको भनाइ छ।

उनले देवत्वकरण गरेर टाउकोमा नै बोकेर हिँड्ने हो भने सबै प्रतिपक्षी दलहरूको अध्यक्ष कुलमानलाई नै बनाउन सुझाव दिए। त्यस्तै उनले वर्षायाम अघि नै विपी राजमार्ग निर्माणको काम सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गराए। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.