बेथानचोकको पीडा विद्यार्थीले गरे नाटकमा प्रदर्शन

बेथानचोकको पीडा विद्यार्थीले गरे नाटकमा प्रदर्शन
सुन्नुहोस्

काभ्रे : असोजको बाढी–पहिराले जिल्लाको बेथानचोक गाउँपालिकामा १२ जनाको ज्यान लियो। एक जना अझै बेपत्ता छन्। बाढीपहिराको पीडाबाट गाउँले अझै मुक्त हुन सकेका छैनन्। त्यही बाढी विपत्तलाई बालबालिकाले नाटक (कचहरी) प्रस्तुत गरेका छन्। 

फ्रिडम टु लर्न नेपालको आयोजना र बेथानचोक गाउँपालिकाको सहकार्यमा तीन विद्यालयमा कचहरी नाटक प्रस्तुत गरिएको हो। कृष्ण गोपाल मावि, सरस्वती मावि र पार्वती माविमा बालबालिकाले नाटक प्रस्तुत गरेका हुन्। विद्यार्थीहरूले नाटक कचहरीमार्फत विपत्तको समयमा भोग्नु परेका समस्या–चुनौती प्रस्तुत गरेका थिए। 

बालबालिकालाई २१ हप्तासम्म प्रशिक्षण गरेर नाटक तयार गरिएको थियो। नाटक निर्देशक सुरेश चन्दले कक्षा ८ देखि १० सम्मका बालबालिकालाई नाटक खेल्नेबारे प्रशिक्षण दिएका थिए। विद्यालय क्षेत्रमा भएका समस्यादेखि घरपरिवारमा हुने समस्या र पछिल्लो समयमा खेप्नुपरेको विपत्तिकाबारे विद्यार्थीले सचेत गराएका थिए। 

बेथानचोक गाउँपालिका–२ ढुंखर्कमा रहेको पार्वती माध्यामिक विद्यालयका विद्यार्थीले कचहरी नाटकमा वेपत्ता भएको बुबालाई खोज्दै विद्यार्थीले गरेको बिलौना सुनेर उपस्थित अभिभावक र अतिथीका आँखा रसाए। राम्रो पढ्ने बालकले अभिभावक गुमाउँदा कस्तो अवस्थाको अनुभव गर्छन् भन्ने सन्देशसँगै विद्यालयमा देखिएका समस्याको यथार्थ चित्रण उतारिएको थियो। आफ्ना बुबालाई खोज्दै टोलाउँदै यताउता भौतारिने बालकको पात्रजस्तै अरू बालबालिकामा मानसिक समस्या समाधानका लागि मनोपरामर्शदाताको आवश्यकता रहेको त्यहाँका विद्यार्र्थीले जोड दिए। 

गाउँपालिकाको कृष्णगोपालका विद्यार्थीले स्कुल आउँदाजाँदा कुकुरले टोक्ने डर भएको कुरालाई जोड दिएका थिए। सरस्वतीका विद्यार्थीले जाँडरक्सीको सेवनले पार्ने सामाजिक असर, जंगफुडले पारेको असरको बारेमा चेतना दिन खोजेका थिए। पार्वतीका विद्यार्थीले भने प्राकृतिक विपत्तिपछि विद्यार्थीले भोग्ने असर र विद्यार्थीलाई विद्यालयले समान अवसर नदिंदा हुन सक्ने मानसिक तनावलाई बाहिर ल्याउन खोजेका थिए। 
विद्यालयमा शिक्षककै छोराछोरीले पहिलो अवसर पाउँदा अरू विद्यार्थीले अवसर नपाउँदा स्कुल जान नमान्ने छात्रालाई विद्यालय पठाउन अभिभावकले के गर्नु पर्ला भन्ने सन्देश कचहरीले दिएको थियो।

प्रतिनिधिसभा– २ काभ्रेमा माननीय पूर्वमन्त्री गोकुल बाँस्कोटाले विद्यार्थीलाई आकर्षित गराउन आवसीय शिक्षालाई जोड दिन आवश्यक रहेको बताए। सामुदायिक विद्यालयमा राज्यको लगानी भए पनि त्यसको सदुपयोगतर्फ ध्यान दिन नसकिएको, बालबालिकाको सिकाइ अनुभव बढाउन र सिकेको कुरालाई व्यावहारिक रूपमा प्रयोग गर्ने गरी वातावरण निर्माण गर्न सबै क्षेत्रको समन्वय आवश्यक रहेको बाँस्कोटाको भनाइ थियो। 

गाउँपालिका अध्यक्ष भगवान अधिकारीले बेथानचोकमा सञ्चालन भइरहेको शिक्षामा कचहरी नाटक शिक्षासँग सम्बन्धित कार्यक्रमले शैक्षिक गुणस्तर सुधारमा सहयोग पुग्ने विश्वास व्यक्त गरे। थोरै समयको तयारीमा विद्यालयहरूमा नाटकमार्फत समस्यहरू प्रस्तुत गरेर पालिका सरकारलाई सचेत गर्न नाटकले सफल भएको अधिकारीले सुनाए। 

गाउँपालिका उपाध्यक्ष तारा राना तिमल्सिनाले विद्यार्र्थीबीच समन्वय र सहकार्यले बालबालिकाका यस्तो कार्यक्रमहरूले ठूलो परिवर्तन ल्याउन सहयोग मिल्ने बताइन्। समाजमा विद्यालय स्तरमा यस्तो कार्यक्रमहरूले प्रभावकारी हुन सक्ने तिमल्सिनाले बताइन्। फ्रिडम टु लर्न नेपाल कार्यक्रम निर्देशक श्रीकृष्ण थापाले गाउँपालिका भित्र रहेको तीन सामुदायिक विद्यालयहरूमा कचहरी नाटकमार्फत समुदायमा कसरी सचेतना दिन सकिन्छ समस्य र समधान के कसरी दिन सकिन्छ भन्ने मुख्य नाटकको सन्देश रहेको थापाले बताए। विद्यालयस्तरमा भएका कुनै खाले समस्याहरू छन् भने विद्यालय स्तरमै समधान गर्न सक्ने हुनुपर्छ भन्ने मुख्य बिषयमा नाटक निर्देशन गरेर विद्यालयकै बालबालिकामार्फत प्रस्तुत गरिएको थापाले बताए।

मुख्य गरी नाटकमार्फत देखिएका समस्याहरूको समधानका लागि के कस्तो भूमिकाहरू आउन सक्छ भन्ने विषयमै केन्द्रित भएर नाटक कचहरी निर्माण भएको नाटक निर्देशक चन्दले बताए। कचहरी प्रस्तुतिको बीच–बीचमा देखिएका समस्यहरूका लागि सहभागीहरूमार्फत कसरी समधान गर्न सकिन्छ भन्ने विषयमा समेत दोहोरो प्रतिक्रिया लिएका थिए।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.