फागुन २६ र २७ मा राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन

फागुन २६ र २७ मा राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन
सुन्नुहोस्

काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आगामी फागुन २६ र २७ गते काठमाडौंमा राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन आयोजना गर्ने भएको छ। 

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मन्त्रालयले उत्पादन र उत्पादकत्व विस्तार र आन्तरिक रोजगारीको दिगो आधार भन्ने नाराका साथ राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन आयोजना गर्न लागिएको जनाएको हो।

आन्तरिक रोजगार प्रवर्द्धन दशकको अवधारणालाई मूर्त रूप दिन राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन आयोजना गर्न लागेको मन्त्रालयले जनाएको छ। स्वेशमा नै रोजगारी सिर्जनाका साथै वैदेशिक रोजगारीका क्षेत्रमा देखा परेका चुनौतीहरूको विश्लेषण गरी आगामी नीतिगत र कानुनी परिमार्जनका लागि सुझाव लिने उद्देश्यले सम्मेलनको आयोजना गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत सिंह भण्डारीले जानकारी दिए।

देशमा रोजगारी नभएकाले विदेश जानुपरेको भाष्यलाई चिर्दै स्वदेशमा नै रोजगारीको अवसर सिर्जना गर्ने उद्देश्यले सम्मेलन आयोजना गरेको उनले बताए। सम्मेलनमा तीनै तहका सरकार, निजी क्षेत्र, ट्रेड युनियन, श्रम तथा रोजगार विषयसँग सम्बन्धित व्यवसायी र अनुसन्धानकर्ता, विज्ञलगायत पाँच सय जनाको सहभागिता रहने मन्त्रालयले जनाएको छ। सम्मेलनमा मन्त्रालय, निजी क्षेत्र तथा अन्य विकास साझेदारहरूको स्टलमार्फत समेत श्रम तथा रोजगारसम्बन्धी सूचना र जानकारी दिइने बताइएको छ। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.