सामुहिक बलात्कारको आरोपमा ७ जना पक्राउ

सामुहिक बलात्कारको आरोपमा ७ जना पक्राउ
सुन्नुहोस्

हेटौंडा : मकवानपुर प्रहरीले जबरजस्ती करणी मुद्दामा ७ जना किशोरहरुलाई पक्राउ गरेको छ ।पक्राउ परेका सातै जना किशारहरु हेटौंडा उपमहानगरपालिका भित्रैकै रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार गत माघ ६ गते बिहान करिब ८:३० बजे हेटौडा उपमहानगरपालिका -२ स्थित  वनस्खण्डी मन्दिरभन्दा माथि जंगलमा जबरजस्ती करणी गरेको उजुरी बुधबार पीडित युवतीले दिएपछि उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बिहीवार हेटौंडा उपमहानगरपालिकाभित्र विभिन्न स्थानमा बस्ने ५ जना आरोपित किशोरहरुलाई नियन्त्रणमा लिई मकवानपुर जिल्ला अदालत हेटौडाबाट जबरजस्ती करणी कसुर मुद्धामा ५ दिनको म्याद अनुमति लिई प्रहरीले अनुसन्धान कार्य गरिरहेको  जनाएको छ  ।  यस्तै प्रहरीले सोही मुद्दामा शुक्रबार थप २ जना आरोपित किशोरहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको समेत जनाएको छ  । उक्त घटनामा पक्राउ परेका सातैजना आरोपित किशोरहरु १८ वर्षभन्दा मुनिका रहेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.