कांग्रेस पार्टी कार्यालयमा शिक्षकको धर्ना

कांग्रेस पार्टी कार्यालयमा शिक्षकको धर्ना
सुन्नुहोस्

काठमाडौं : नेपाल शिक्षक महासंघले दोस्रो चरणको आन्दोलनका क्रममा कांग्रेस केन्द्रीय कार्यालय सानेपामा धर्ना दिएका छन्। सरकारले यसअघि भएका सहमति कार्यान्वयन नगरेको भन्दै शिक्षकहरूले कांग्रेस पार्टी कार्यालयमा धर्ना दिएका हुन्। 

सबै खाले शिक्षक र विद्यालय कर्मचारीका मुख्य मुद्दाहरू अब जारी हुने विद्यालय शिक्षा विधेयकले समेट्नुपर्ने महासंघले जनाएको छ। यसअघि भएको सहमतिका आधारमा विद्यालय शिक्षा विधेयकलाई पारित गर्नका लागि दबाब दिने उद्देश्यले महासंघले विभिन्न राजनीतिक दलका कार्यालयमा धर्ना दिन सुरु गरेका हुन्।

दोस्रो चरणको आन्दोलनका कार्यक्रमअन्तर्गत फागुन २७ देखि चैत ५ गतेसम्म विभिन्न राजनीतिक दलका केन्द्रीय कार्यालयमा धर्ना दिने महासंघले जनाएको छ। त्यस्तै चैत ७ गतेदेखि १५ गतेसम्म काठमाडौंमा रिले अनशन र चैत २० गतेबाट अनिश्चितकालीन काठमाडौं केन्द्रीत सडक आन्दोलन गर्ने महासंघको भनाइ छ।  


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.