सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइरहेको भवन स्थानीयले भत्काए
महोत्तरी : गौशाला नगरपालिका-५ स्थित सार्वजनिक जग्गालाई अतिक्रमण गरि बनाइरहेको पक्की भवनलाई स्थानीयहरूले भत्काइएको छ। घैला बजारमा निर्मित सार्वजनिक जग्गालाई अतिक्रमित गरी बनाइरहेको पक्की घरलाई स्थानीय युवाहरूले गौशाला नगरपालिकाको उपमेयर रेणु कुमारीको सम्मुख सो संरचना भत्काइएको हो।
गौशाला बजारको कित्ता नम्बर ११५ को सार्वजनिक जग्गामा गौशाला नगरपालिका-२ का भोला मण्डलले बनाइरहेको पक्की घरको संरचना स्थानीय राजनीतिकर्मी र युवाहरूको पहलमा भत्काइएको उपमेयर रेणु कुमारीले बताइन्। उनले भनिन्, ‘स्थानीय युवा तथा राजनीतिक दलका कार्यकर्ताहरूले सो जग्गामा व्यक्तिगत प्रायोजनका लागि भवन बनाउन लागेको जानकारी गराएका थिए। त्यसपछि आफूले सो सरकारी सम्पत्ति बचाउनका पहलकदमी स्वरूप ती जग्गालाई खाली गर्नका लागि दिइएको अल्टिमेटमको बेवास्ता गरेपछि आज युवाहरूले संरचना भत्काइएको हो।
ती सार्वजनिक जग्गालाई संरक्षणका निम्ति आफ्नो कार्यकालमा गरिएको पहलकदमीको विरुद्धमा अहिले पनि आफू सर्वोच्चमा मुद्दा लड्दै आएको पूर्वमेयर शिवनाथ महतोले जानकारी दिए। सार्वजनिक जग्गाको संरक्षणको पूर्ण अधिकार नगरको मातहतमा भए तापनि नगरपालिकाको मौन भएपछि स्थानीय राजनीतिकर्मी र युवाहरूले सो कार्य गरेको पूर्वमेयर महतोले बताएका छन्।
प्रतिक्रिया दिनुहोस !