प्रदेश सरकारलाई काम गर्न असहज भयो : मुख्यमन्त्री पाण्डे

प्रदेश सरकारलाई काम गर्न असहज भयो : मुख्यमन्त्री पाण्डे
सुन्नुहोस्

नवलपुर : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले एकात्मक र केन्द्रिकृत सोचका कारण संघीयता कार्यान्वयनमा कठिनाइ भएको बताएका छन्। उनले सदियौंदेखि चलिआएको एकात्मक सोच अझै पनि हटाउन नसकिएको भन्दै त्यसले प्रदेश सरकारलाई काम गर्न असहज भएको बताए।

कावासोतीमा आयोजित पत्रकार भेटघाटमा उनले भने, ‘हामीले केन्द्रिकृत सोच अझै हटाउन सकेनौं। प्रदेश सरकारहरूलाई अधिकार दिने सबालमा सधैं संघ सरकारले कन्जुस्याई गर्ने गरेको छ। यसले संघीयतालाई बलियो बनाउन सक्दैन।’ 

मुख्यमन्त्री पाण्डेले संघीयतालाई बलियो बनाउने हो भने प्रदेश सरकारलाई संविधानले दिएका अधिकार कार्यान्वयनमा तत्काल लैजान आवश्यक रहेको बताए। ‘प्रदेशलाई अधिकार दिनै हुन्न भन्ने सोच जबसम्म रहन्छ, तबसम्म संघीयतामाथि प्रश्न उठिरहन्छ। संघीयतालाई बलियो बनाउने हो भने प्रदेश सरकार बलियो हुन आवश्यक छ,’ उनले भने।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.