वसन्तको आगमन, होलीको उत्साह

सन्दर्भ : फागु पूर्णिमा

वसन्तको आगमन, होलीको उत्साह

आज फागु पूर्णिमा । काठमाडौं उपत्यका र पहाडी जिल्लामा बिहीबार फागु पर्व मनाइँदै छ । यस वर्षको पवित्र फागु पर्व फागुन २३ गते सुरु भई तराई क्षेत्रमा चैत्र १ गते समापन हुँदै छ । वसन्तको आगमन र उत्साहसँगै सुरु हुने यो पर्वलाई होली, होलिका दहन अर्थात् असत्यको बिदाइ र सत्यको विजयका नामले बढी चिनिन्छ । काठमाडौंको हनुमान ढोकाबाट चीरोत्थान भई सुरु हुने यो उत्सव त्यहीँबाट चीर दाह गरी पूर्णता दिइन्छ ।

फाल्गुण शुक्ल अष्टमी यसको सुरुवाती दिन हो भने त्यसैको पूर्णिमा यसको समापन दिन हो । नेवारी भाषामा यसलाई होलिपुन्ही भनिन्छ भने सात दिनसम्म यसले आफ्नो उपस्थिति दर्शाई सबैसामु उमंग दिएर बिदा हुन्छ । वसन्तपुर काठमाडौंमा लिंगो ठड्याई राष्ट्रियस्तरमा सुरु हुन्छ । फागु पूर्णिमादेखि नै मौसम विस्तारै गर्मीतिर उन्मुख हुन्छ र प्रकृतिले नयाँ पालुवाहरू दिन थाल्छ । 

अधिकारको दुरुपयोग गर्नेलाई होलिकाको अवस्था हुने बिम्ब पस्कँदै समापनतिर जाने यो पर्व सत्ययुगदेखि नै आरम्भ भएको हो । धर्म, संस्कृतिको अक्षुण्णतालाई कायम राख्ने नेपालीहरूका घरआँगनमा वसन्तको महोत्सव, होलीपर्व, हर्ष र विजयोत्सवका रूपमा आउने गर्छ । नेपाली समाजलाई यो पर्वले निश्चय नै सद्भाव र भाइचारा अनि राष्ट्रिय एकताको सन्देश त दिन्छ नै । अधिकारको सदुपयोग गर्न पनि सिकाउँछ । नवीनतम ऊर्जा, नयाँ उत्सव, नवीनतम जोस, आम नेपालीहरूबीच धार्मिक, सांस्कृतिक सद्भाव र मौलिक चिनारी प्रस्तुत हुन्छ । के तराई, के उपत्यका के पहाड सबैतिर एक हप्तासम्म होली महोत्सव मनाउँछन्, खुसी छर्छन् सबैतिर । 

बसन्तपुरमा २५ फिट अग्लो काठको लिंगो ठड्याई विभिन्न रंगका कपडाले बेरेर बडो उल्लासका साथ फागु आगमनको संकेत दिने लिंगोलाई वृन्दावनको आनन्द कदमको रुखको प्रतीक मान्ने चलन छ । लिंगोको टुप्पोमा छत्राकार दिइएको चीर ठड्याउने कार्यलाई फागु पूर्णिमाको अघिल्लो रातिसम्म राखेर जलाइन्छ । चीरलाई दहन गरिने भएकाले चीरदाहको नामले फागु पूर्णिमाका दिन खुसियालीका रूपमा मान्ने चलन हो । चीरलाई दहन गरिने भएकाले चीरदाहको रूपमा फागुमा खुसियाली  मनाइन्छ । चीरको खरानी दल्ने, त्यसको टीका लगाउने, घर सजाउने, शरीरमा रंगीविरंगी चित्र बनाई एकआपसमा फागु खेल्ने चलन छ । शत्रुता र वैरभावलाई बिर्सेर आपसी भाइचाराको रूपमा, मित्रताको गाँठो बलियो पार्ने चाड हो यो ।

मिथिला (जनकपुर) ले प्रतिनिधित्व गर्छ तराईमा, धूमधामसाथ मनाइन्छ यो चाड । ग्रामीण परिवेशमा समेत रहेका फोहोर, घाँस पतझरहरूलाई जलाएर सरसफाइ गरिने, चीरदाह गर्दै उत्सवका रूपमा मनाइन्छ । अधिकारको दुरुपयोग गर्नेहरूलाई विशेष सतर्क गराउने संकेत दिने होलिका दहन उत्सवले प्राचीन इतिहासको संकेत गर्छ । धन, पद प्रतिष्ठाको अनि क्रोध, लोभको प्रतीक हिरण्यकशिपुले सात्विक कार्यका प्रतीक प्रह्लादको अन्त्य गर्न भरमग्दुर प्रयत्न गरेको तर सत्यको विनाश भने हुन नसक्ने देखेपछि अग्निले दहन गर्न नसक्ने दैवीशक्ति लिएर बसेकी आफ्नै बहिनी होलिकाको काखमा राखेर भक्त प्रह्लादको अन्त्य गर्ने प्रयास स्वरूप प्रह्लादलाई जलाउन प्रयत्न गर्‍यो ।

अन्ततः प्राप्त शक्तिको दुरुपयोग भएको देखी अग्निदेवले प्रह्लादको सट्टा होलिकालाई नै दहन गरिदिए । असत्यको प्रतीक हिरण्यकशिपु र उसकी समर्थक होलिका दहनको खुसीयालीमा त्यसै होलिका दहनको खरानीको टीका लगाई खुसी व्यक्त गर्ने क्रममा फागु खेल्ने परम्परा विकसित हुँदै आएको छ । प्रह्लादलाई बाजागाजासहित रंगीन उत्सवका साथ अबिरयात्रा गरिएको संस्मरण स्वरूप फागु पूर्णिमा मनाउने चलनले सबै जनमानसमा एउटा अमिट छाप छोडेको छ । 

सत्ययुगको त्यो स्मरणले द्वापरयुगको संकेत स्वरूप वृन्दावनमा गोपिनीहरूका साथ श्रीकृष्णले रसरंग गर्नुभएको प्रसंग पनि जोडिन्छ । होलीको उत्सव मान्दै कल्मष हटाई, आत्मीयता बढाउने, सुख, समृृद्धि र ऐश्वर्य वृद्धि गर्ने चाडको रूपमा द्वापरयुगदेखि नै मान्दै आएको पर्व कलियुगमा आइपुग्दा पनि बढेकै छ । मीठा खानेकुरा खाने पर्वका रूपमा पनि यसलाई लिइन्छ । नयाँ अन्न स्वास्थवद्र्धक जौ, चना, गहुँको परिकार बनाउने त्यसको आहुती दिँदै आत्मेश्वर शरीरभित्रको परमेश्वरलाई भोगप्रसाद लगाउने चाडका रूपमा पनि यसलाई हेर्ने गरिन्छ । यसमा आहुती दिइएको तिलक प्रसाद टीका लगाउने चाडको रूपमा लिइन्छ । 

द्वापर युगमा राजा युधिष्ठिरको समयमा पनि होली महोत्सव मनाइने गरिन्थ्यो । भविष्य पुराणको कथानकअनुसार ढुण्डा नामकी राक्षस्नीले केटाकेटीहरूलाई बडो उपद्रव गर्न थालेकीले हातमा मसाल लिएर ठूलो जनसमूहका साथमा अग्नि प्रज्वलित गर्दा ढुण्डा राक्षसी डराई केटाकेटी अपहरण गर्ने कार्य बन्द गरेकी र सवैलाई सुख शान्ति मिलेको कुरा पनि पौराणिक कथाहरूको प्रसंग पाइन्छ । फागु महोत्सवमा अग्नि दहन गर्दा वरिपरिको वातावरण स्वच्छ, पवित्र हुने, रोग निरोधक शक्ति वृद्धि हुने, रोगका कीटाणुहरू, फोहोर नास हुने, शरीर निरोगी हुने वैज्ञानिक दृष्टिकोणले पनि यो उत्सवलाई सबैले मान्ने गरेका हुन् । 

नेपालमा यस पर्वको थालनी मल्ल राजाहरूबाट भएको हुन सक्ने अनुमान हनुमान ढोकामा चीर ठड्याउने कार्य आरम्भले स्पष्ट गर्छ । फागुको राग गाउने परम्परा पनि मल्लकालीन इतिहासबाटै आरम्भ भएको हो । एक किंवदन्तीअनुसार भोट गएका एक व्यापारी आफ्नो बस्ती काठमाडौंको ठहिटी टोलमा फर्कन सकेको खुसीयालीमा काठमाडौं सहरमा अवीर जात्रा गर्ने परम्परा सुरु भएको रहेछ । काठमाडौंको ठबली महाविहारबाट ‘चक्रद्य’ जात्रा सुरु हुने परम्परा भएकाले सो कुराको पुष्टि हुन्छ । काठमाडौंवासीले होललीाई ‘चक्रद्य’ भन्ने गरेका र यो जात्रा होलीकै सम्झनामा सुरु भएको हुन सक्ने कुरा संस्कृतिविद्हरूको तर्क छ । 

मस्येन्द्रनाथको पुकार गर्दै ‘सार्थबाहु’ नामक व्यापारी ठूलो कष्टका साथ भोटबाट फर्कन सकेको संस्मरणस्वरूप काठमाडौंवासीले यो जात्रा सुरु गराएको भन्ने भनाइ छ । आफ्नो भदा प्रह्लादलाई काखमा राखी जलाउन खोज्दा आफंै डढेकी र त्यसको खुसीयालीमा होलीको उत्सव मनाइने गरिएको हो । सत्ययुगदेखि नै आरम्भ भएको फागु उत्सवले प्राप्त अधिकारको दुरुपयोग गर्नेलाई होलिकाकै हालत पु¥याउँछ भन्ने संकेत दिन्छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.