स्ववियु निर्वाचन : ८२ क्याम्पसमा निर्विरोध निर्वाचन, अनेरास्ववियु पहिलो

स्ववियु निर्वाचन : ८२ क्याम्पसमा निर्विरोध निर्वाचन, अनेरास्ववियु पहिलो

काठमाडौं : त्रिभुवन विश्वविद्यालय अन्तर्गतका ८२ क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको नेतृत्व निर्विरोध निर्वाचित भएको छ। जसमा सबैभन्दा धेरै एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको नेतृत्व छ।

३२ क्याम्पसमा अनेरास्ववियु निर्विरोध निर्वाचित भएको प्रवक्ता प्रकाश पौडेलले जानकारी दिए। उनका अनुसार अनेरास्ववियुबाट कोशीमा ४, बागमतीमा ८, गण्डकीमा ३, लुम्बिनीमा ७, कर्णालीमा ३ र सुदूरपश्चिममा ७ क्याम्पसमा स्ववियु अध्यक्ष सर्वसम्मत निर्वाचित भएका छन्।

त्यस्तै, निर्वाचनमा नेपाली कांग्रेस निकट नेविसंघले २८ क्याम्पसमा सर्वसम्मत भएको छ भने नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)ले २१ सिट जतेको छ। 

अनेरास्ववियुका प्रवक्ता पौडेलमा अनुसार माडव्य क्याम्पस पाल्पाका अध्यक्ष सौगात कोइराला, शिक्षा क्याम्पस बैतडीको अध्यक्ष अकबर चन्द, संखुवासभा बहुमुखी क्याम्पसको अध्यक्ष चेतन भण्डारी, तेज निरला क्याम्पस मुस्ताङका अध्यक्ष अन्जु परियार निर्विरोध निर्वाचित भएका छन्। त्यस्तै नवप्रभात क्याम्पस बैतडीको अध्यक्ष सपना चन्द, मंगला शिक्षा क्याम्पस म्याग्दीको अध्यक्ष एल्डिस पुन, बझाङको सेती क्याम्पसको अध्यक्षमा दीपेन्द्र दौल्याल निर्विरोध चयन भएका छन। त्यस्तै दर्छा क्याम्पस रामपुर पाल्पाको अध्यक्षमा अनिशा कोइराला, मैनापोखर शारदा बहुमुखी क्याम्पस मैनापोखरमा अनेरास्ववियुका सागर खत्री अध्यक्ष निर्विरोध भएका छन्। दार्चुलाको लटिनाथ क्याम्पसको अध्यक्ष रुकेशसिह विष्ट, दार्चुलाको कृष्ण स्नातक क्याम्पसमा अध्यक्ष ओमकार पाल निर्विरोध निर्वाचित भए। 

बैतडी जिल्ला नव प्रभात संयुक्त क्याम्पस कुलाउ पञ्चेश्वरको अध्यक्षमा सपना चन्द, देवदह आदर्श बहुमुखी क्याम्पस रुपन्देहीको अध्यक्षमा अस्विन न्यौपाने, बाजुराको बुढिनन्दा क्याम्पसको अध्यक्षमा अध्यक्ष भाष्कर शाही निर्वाचित भएको अनेरास्ववियुका प्रवक्ता पौडेलले जानकारी दिए। कर्णाली प्रदेशअन्तर्गत हिमशिखर बहुमुखी क्याम्पस भेरीगंगा ११ रामघाट सुर्खेतको अध्यक्ष मिना रावत निर्वाचित भएका छन्। धनकुटा बहुमुखी क्याम्पसमा युवा तिमिल्सिना,जनआर्दश बहुमुखी क्याम्पस चितवनबाट अनुज न्यौपाने निर्विरोध स्ववियु अध्यक्षमा निर्वाचित भएका छन्।

काभ्रेपलाञ्चोक जिल्लाअन्तर्र्गत धुलिखेल क्याम्पस काभ्रेमा स्वागत चापागाईं, कुशादेवि क्याम्पसान मोनिका हुमागाईं, जनक क्याम्पसमा सञ्जीव गिरि, सर्वमगला क्याम्पसमा श्रीकृष्ण भट्टराई, तेजगंगा क्याम्पसमा सुजन सापकोटा, जनआदर्श बहुमुखी क्याम्पसका अनुज न्यौपानेको नेतृत्वमा सर्वसम्मत निर्वाचित भएका छन्। गुल्मीको दिगाम आदर्श बहुमुखी क्याम्पसका अध्यक्षमा उषा पाण्डे, सिन्धुपाल्चोकको सिन्धु भ्याली क्याम्पसको अध्यक्षमा सन्दिपा चौलागाईं, धनकुटाको हिले क्याम्पसमा बिशाल टिन्टुङ निर्विरोध भएका छन्।

बर्दिया बहुमुखी क्याम्पस लक्ष्मना, बासगडीको अध्यक्षा दुर्गा खत्री, सिम्ता बहुमुखी क्याम्पस सुर्खेतको अध्यक्षमा रुद्र रावत, जाल्पादेवी क्याम्पस धनकुटाको अध्यक्षमा चेतराज पौडेल, शारदा क्याम्पस सल्यानको अध्यक्ष विश्व खडका, सिन्धुपाल्चोक ठोकर्पा क्याम्पसको अध्यक्षमा सर्मिला घर्ती, उदबुद्ध कलेज पाल्पाको अध्यक्षमा कृष्णा झ्यापुर्लुक, निविरोध निर्वाचित भएकोे प्रवक्ता पौडेलले जानकारी दिए 

नेविसंघबाट स्ववियु अध्यक्ष सर्वसम्मत भएका क्याम्पसको संख्या २८ छ। जसमा पाथीभरा बहुमुखी क्याम्पस, ताप्लेजुङ, एकताप्पा बहुमुखी क्याम्पस, इलाम, गोकुण्डेश्वर क्याम्पस, धनकुटा, लम्पान्तर बहुमुखी क्याम्पस, सिन्धुली, चैतन्य क्याम्पस, काभ्रेपलाञ्चोक छन्। त्यस्तै, मंगल जन विजय क्याम्पस, काभ्रेपलाञ्चोक, कानपुर क्याम्पस, काभ्रेपलाञ्चोक, इन्द्रेश्वर क्याम्पस, काभ्रेपलाञ्चोक, प्रकाश बहुमुखी क्याम्पस, काभ्रेपलाञ्चोक,पार्वती बहुमुखी क्याम्पस, काभ्रेपलाञ्चोकमा नेविसंघ निविरोध निर्वाचित भएको छ। मालुङगा बहुमुखी क्याम्पस, स्याङ्जा, चन्द्रकोट बहुमुखी क्याम्पस, गुल्मी,मानका टीकाराम बहुमुखी क्याम्पस, गुल्मी, रुरु संस्कृत विद्यापिठ, गुल्मी, जनज्योति बहुमुखी क्याम्पस, गुल्मी, सत्यवती बहुमुखी क्याम्पस, गुल्मी, रेसुंगा बहुमुखी क्याम्पस, गुल्मी, महेन्द्र बहुमुखी क्याम्पस, दाङ, चुरे क्याम्पस, बर्दिया, सदाशिव बहुमुखी क्याम्पस, बर्दिया, कपुरकोट बहुमुखी क्याम्पस, सल्यानमा नेविसंघ सर्वसम्मत भएको छ। त्यस्तै, श्री चन्र्देव हिरा सरेन्द्र पूर्ण क्याम्पस, मुगु, मनश्वरार भूमुखी स्यापुस, हुम्ला,गुर्भाकोट बहुमुखी क्याम्पस, सुर्खेत, त्रिपुरा सुन्दरी क्याम्पस, अछाम, अपिनाम्पा क्याम्पस, दार्चुला, राष्ट्रिय क्याम्पस, दार्चुला र श्रीकृष्ण बेजनाथ बहुमुखी क्याम्पस, कञ्चनपुरमा नेविसंघले जितेको छ। 

नेविसंघका सभापति दुर्जन शेर्पाले आफूहरू ३३ वटा क्याम्पसमा निर्विरोध भएको दाबी गरे। तर, समाचार तयार पर्दासम्म सूची भने २८ वटाको मात्रै उपलब्ध भएको छ। 

अखिल (क्रान्तिकारी) बाट २१ क्याम्पसमा निर्विरोध भएका छन्। जुगल ब क्याम्पस, सिन्धुपाल्चोकको अध्यक्ष सुस्मिता श्रेष्ठ,सहयोगी बहुमुखी क्याम्पस, काठमाडौको अध्यक्षमा प्रदीप श्रेष्ठ,नेत्रावती बहुमुखी क्याम्पस धादिङको अभिषेक थपलिया, शीतल क्याम्पस चौरजहारी, रुकुमपश्चिमको अध्यक्षमा प्रकाश डांगी, शान्ति आदर्श बहुमुखी क्याम्पस चौघानपाटा बझाङको अध्यक्षमा बम धामी, सिंजा बहुमुखी क्याम्पस जुम्लाको अध्यक्षमा सन्तोष आचार्य, राडीज्युला शिक्षा क्याम्पस रुकुम पश्चिमको अध्यक्षमा सुप्रिम ओली,गलुवा क्याम्पस, हुम्लाको अध्यक्षमा रिमिलाल बुढा सर्वसम्मत भएका छन्। त्यस्तै, शंकरापुर क्याम्पस, दार्चुलाको अध्यक्षमा जानकी टमटा, श्रीकृष्ण क्याम्पस, काभ्रेको अध्यक्ष सविन श्रेष्ठ, सञ्जिवनी क्याम्पस, काभ्रेको अध्यक्षमा दिपक रानामगर, प्रभा बहुमुखी क्याम्पस , काभ्रेको अध्यक्षमा सुजन चौलागाई, आदर्श जनता क्याम्पस, सर्लाहीको अध्यक्षमा रेवेन्द्र दाहाल,बनगाढ क्याम्पस, सल्यानको अध्यक्षमा जीवन विष्ट, भाषा क्याम्पस धनकुटाको अध्यक्षमा सरोज थापा, सिद्दीपृथ्वी जनता क्याम्पस, दाङमा सुदिप चौधरी, सिम्रुतु क्याम्पस त्रिवेणी, रुकुम पश्चिममा दिपेन्द्र ओलीले जितेका छन्।

सानीभेरी शिक्षा क्याम्पस, रुकुम पश्चिमको अध्यक्षमा बीरभान भण्डारी, लिकु संयुक्त क्याम्पस, डोल्पाको अध्यक्षमा राजेन्द्र गिरी, स्यार्पु बहुमुखी क्याम्पस, रुकुम पश्चिमको अध्यक्षमा टेकराज विश्वकर्मा र तिनपाटन बहुमुखी क्याम्पस, सिन्धुलीको अध्यक्षमा दुर्गाबहादुर मगर निर्विरोध निर्वाचित भएका छन्।अखिल(क्रान्तिकारी) का अध्यक्ष विजयप्रकाश शर्मा सापकोटाले आफ्नो संगठन २५ स्थानमा निर्विरोध भएको बताए। समाचार तयार पर्दासम्म अखिल (क्रान्तिकारी)को पनि २१ को लिस्ट प्राप्त भएको छ। 

नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियुले एक अध्यक्ष जितेको छ। मकवानपुरस्थित मनहरी बहुमुखी क्याम्पसमा एकीकृत समाजवादी निकट अनेरास्ववियु निर्विरोध भएको हो। स्ववियु निर्वाचन भने चैत ५ गते हुन गइरहेको छ। निर्वाचन हुने क्याम्पसमा नेविसंघ, अनेरास्ववियु र अखिल(क्रान्तिकारी)बीचमा नै प्रतिश्पर्धा हुने देखिएको छ। 

तर, निर्वाचनको पूर्वसन्ध्यामा केही क्याम्पसमा तोडफोड, आगजानी र तालाबन्दी पनि भएको छ। नेविसंघले त्रिविमा तालाबन्दी गरेको छ। त्यहाँ नेविसंघकै दुई समूहको उम्मेदवारी परेको थियो। दीपकराज जोशी र अनोज कार्की अध्यक्ष रहेको दुईवटा समूहको उम्मेदवारी दर्ता गरेको थियो जसमा जोशी समूहको सूची मात्रै निर्वाचन कार्यालयले समावेश गरेपछि कार्की समूहले तालाबन्दी 
गरेको हो। 

उता महेन्द्र मोरङ आर्दश बहुमुखी क्याम्पस विराटनगरमा पनि नेविसंघले नै तोडफोड र आगजनी गरेको छ। त्यहाँ पनि नेविसंघको दुई समूहको उम्मेदवारी परेको थियो। संस्थापन पक्षबाट प्रज्वल विष्ट र डाक्टर शेखर कोइराला समूहबाट योगराज दाहालले उम्मेदवारी दिएका थिए। जसमा एक समूहलाई निर्वाचन कार्यालयले संस्थापन पक्षका विष्ट आधिकारिकता दिएको कोइराला पक्षका दाहाल समूहले निर्वाचन कार्यालयमा नै तोडफोड र आगजनी गरेको हो। तोडफोड गर्नेलाई दाहालसहित ४ विद्यार्थी पक्राउ पनि परेका छन्। त्यस्तै विवादकाबीच आंगिक १० क्याम्पसमा चुनावी प्रक्रिया रोकिएको छ।

काठमाडौं उपत्यकाका पद्मकन्या, नेपाल ल, पब्लिक युथ, सरस्वती क्याम्पस र विश्वभाषा क्याम्पसमा चुनावी प्रक्रिया रोकिएको छ। बुटवल बहुमुखी क्याम्पस, भैरहवा बहुमुखी क्याम्पस, जनकपुर र सिरहाको १/१ क्याम्पसमा समेत स्ववियु चुनावको प्रक्रिया अघि बढेको छैन। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.