स्रष्टालाई सम्मान गर्दै सुरु भयो भ्वाइस युनिभर्स र डान्स युनिभर्सको पूर्वी अडिसन

स्रष्टालाई सम्मान गर्दै सुरु भयो भ्वाइस युनिभर्स र डान्स युनिभर्सको पूर्वी अडिसन

झापा : विश्वभरका नेपाली प्रतिभाहरू प्रतिस्पर्धा हुने दुई रियालिटी शोहरू 'मेरो भ्वाइस युनिभर्स' र 'मेरो डान्स युनिभर्स'को पूर्व क्षेत्रका लागि तय भएको अडिसन शनिबार सुरु भएको छ।

 सयौं प्रतिस्पर्धीहरूको भीडभाडका बीच पूर्वका दुई स्रष्टाहरू वरिष्ठ गीतकार शिवशंकर थापा र वरिष्ठ गायक कुवेर राईसहित आयोजक संस्था इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाका अध्यक्ष डिल्ली अधिकारीले पानसमा बत्ती बालेर गरेका थिए। सो अवसरमा अध्यक्ष अधिकारीले नेपाली संगीत क्षेत्रमा स्थापित स्रष्टाद्वयलाई पुष्पगुच्छा एवं नगद रकमले सम्मान गरेका थिए।

सो अवसरमा अध्यक्ष अधिकारीले कलाकारहरू समाजका अगुवा हुने हुनाले समाजलाई उदाहरण बनेर डोहोर्याउन आग्रह गरे। उनले नेपालीपन र नेपाली पहिचानलाई विश्वभर रहेका नेपालीजनमा जीवन्त राख्न, अर्को पुस्तामा पनि नेपाली संस्कृतिलाई पुस्तान्तरण गर्न र विश्वभरका नेपालीलाई नेपाली कला संस्कृतिका माध्यमबाट नेपालसंग जोड्नका लागि यी दुई रियालिटी शोहरू आयोजना गरिएको बताए।

मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स पूर्वी क्षेत्र अडिसनका संयोजक रुपक ओडारीले दिएको जानकारीअनुसार, सो क्षेत्रमा दुवै शोका  लागि ११ सय ४३ प्रतिभाहरूले प्रतिस्पर्धाका लागि नाम दर्ता गराएका छन्। पहिलो दिन शनिवार विर्तामोडको ग्रीन फिल्ड स्कूलमा विहान ११ बजेदेखि सुरु भएको अडिसनमा ६ सयको हाराहारीमा प्रतिभाहरूले प्रतिस्पर्धा गरेका छन्। बाँकी प्रतिस्पर्धीहरूले आइतबार सहभागिता जनाउनेछन्। 

आयोजक संस्थाका राजेश घतानीका अनुसार, इच्छुक प्रतिभाहरूले सिधै अडिसनस्थलमै गएर पनि नाम दर्ता गराउन सक्ने व्यवस्था भएकाले सहभागीहरूको संख्या बढेको छ। उनका अनुसार गायनमा प्रतिस्पर्धीहरूको संख्या धेरै भएकाले प्रिअडिसनमा छनौट भइसकेपछि अडिसनमा सहभागी गराइएको र त्यसबाट पनि छनौट भएकाहरूलाई फाइनल अडिसनमा लगि अन्तिम छनौट गरिएको छ। नृत्यको लागि भने प्रि अडिसन र फाइनल अडिसन गरी दुई चरणमा प्रतिस्पर्धीहरूको छनौट प्रक्रिया निर्धारण गरिएको उनले बताए।

null
संसारभरका नेपाली प्रतिभाहरूबीच प्रतिस्पर्धा गराउने यी दुई रियालिटी शो हरुको लण्डन, पोर्चुगल,अष्ट्रेलिया, जापान, थाइल्याण्ड, हंगकंग, दुवई, कतार, मुम्वाई र सिलिगुडीका अडिसनहरु सम्पन्न भइसकेका छन्। नेपालमा पनि पोखरा र नेपालगञ्जका अडिसनहरू समापन भएका छन् भने विर्तामोडपछि चैत १६ र १७ गते काठमाडौंमा अडिसन हुने बताइएको छ।

प्रथम हुनेले हालसम्मकै सर्वाधिक पुरस्कार राशि एक करोड, उपविजेताले २५ लाख र तेस्रो हुनेले १० लाख रकम पाउने यी दुबै शोहरूमा संसारभरबाट एकसय २० जना गायनमा र त्यत्ति नै संख्यामा नृत्यमा प्रतिभाहरु छनौट गरेर काठमाडौं लगिने आयोजकले जनाएको छ। दुबै रियालिटी शोहरु नेपाल टेलिभिजनको राष्ट्रिय प्रसारणबाट प्रसारित हुने छन् भने मेरो भ्वाइस युनिभर्सलाई विशाल भण्डारी र विशाल अर्यालले तथा मेरो डान्स युनिभर्सलाई मोसमी गुरुङले निर्देशन गर्ने छन्। 

null


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.