जंगलबाट सुरु भएको आगलागीले दुई घर जले

जंगलबाट सुरु भएको आगलागीले दुई घर जले
सुन्नुहोस्

बागलुङ : बागलुङमा आगलागीबाट दुईवटा घर जलेको छ। बागलुङ नगरपालिका-१२ अमलाचौरमा सोमबार जंगलबाट सुरु भएको आगो गाउँमा पस्दा पात्लेखेतका दुई घर आगलागीमा परेको हो। 

आगलागीबाट पात्लेखेतका निलप्रसाद रेग्मी र डण्डपाणी रेग्मीको घर सबै जलेको हो। घर जल्दाजल्दै स्थानीयले आगो नियन्त्रणमा लिएको वडासदस्य रुद्र पुलामीले बताए। ‘स्थानीयहरु मिलेर घरमा लागेको आगो नियन्त्रणमा लिइएको छ,’ वडा सदस्य पुलामीले भने,‘जंगलमा आगलागी भइरहेको छ। नियन्त्रणमा लिनको लागि स्थानीयहरू मिलेर प्रयास गरिरहेका छौं।’

आगलागीले निलप्रसादको घरमा रहेका लत्ताकपडा, खाद्यान्न, नगद आगोले खरानी पारेको वडासदस्य रुद्र पुलामीले बताए। उनले क्षतिको विवरण संकलन नभएको बताए। 

दिउँसो १ बजेदेखि जंगलमा सुरु भएको आगो तीन बजे बस्तीमा पसेको थियो। बागलुङ नगरपालिका र जैमिनी नगरपालिकाको सिमानामा रहेको जंगल क्षेत्रबाट सुरु भएको आगलागी चारैतर्फ फैलिएको छ। आगो निरन्तर चारै तिरका बस्ती तर्फ फैलिएकाले जोखिम कायम रहेको वडासदस्य पुलामीले बताए। 

गाउँमा जनशक्ति कम भएकोले नियन्त्रणमा लिन गाह्रो भइरहेको पुलामीले बताए। ‘गाउँमा जनशक्ति कम छ, भएका बुढाबुढी र केटाकेटी घरमै आगो आइसक्दा समेत निभाउन सक्ने हुनुहुन्न,’ पुलामीले भने,‘नजिकमा प्रहरी चौकी नहुँदा क्षति ठूलो व्यहोर्नु परेको छ।’

आगलागीबाट मानवीय तथा पशुको क्षति भएको छैन। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.