सिन्धुपाल्चोक स्ववियु निर्वाचनः  चौतारामा मतदान रोकियो, तीन क्याम्पसको नतिजा सार्वजनिक

सिन्धुपाल्चोक स्ववियु निर्वाचनः  चौतारामा मतदान रोकियो, तीन क्याम्पसको नतिजा सार्वजनिक
सुन्नुहोस्

सिन्धुपाल्चोक : स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नक्कली मतदातालाई मत हाल्न पठाएको भन्दै सिन्धुपाल्चोकको चौतारा बहुमुखी क्याम्पसमा तनाव उत्पन्न भएको छ।

अखिल (क्रान्तिकारी)ले विदेशमा रहेका विद्यार्थीको नाममा अर्को व्यक्ति मत हाल्न पठाएको आरोप लगाउँदै अनेरास्ववियु र नेविसंघ गठबन्धनले नाराबाजी गरेपछि दिउँसो १ बजेबाट मतदान रोकिएको छ। गठबन्धनले नाराबाजीसहित ढुंगा प्रहार गरेपछि केही घण्टा स्थिति तनावग्रस्त बन्न पुगेको थियो। नारा जुलुस गर्न एमाले, कांग्रेससम्बद्ध वडा अध्यक्षहरू समेत पुगेका थिए।

दुवै पक्षबीच विवाद भएपछि नेविसंघ र अनेरास्ववियुका उमेदवारहरूले मतपेटिकामा लात्तीले हानेका थिए। मतपेटिकामा लात्तीप्रहार भएपछि सुरक्षाका लागि खटिएका प्रहरीले गठबन्धनका सभापतिका उमेदवार सुशील तामाङ, सचिवका उमेदवार चिनलाल तामाङ र प्रमिला बिकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

गठबन्धनले चुनाव स्थगित गर्न माग गर्दै क्याम्पस बाहिर नारा जुलुस गरिरहेका छन् भने क्रान्तिकारीका विद्यार्थीहरू मतदाता सुचारु गर्न माग गर्दै नाराबाजीमा उत्रिएका छन्। स्थगित भएको मतदानलाई सुचारु गराउन साँझ मतदान अधिकृतसहितको सर्वदलीय बैठक बसेको थियो। बैठकले निष्कर्ष निकाल्न नसकेकोले २ सय ७१ मत खसेको मतपेटिका शील गरेर प्रहरी कार्यालयमा बुझाइएको निर्वाचन कार्यालयले जनाएको छ। क्याम्पसमा ३ सय ३८ मतदाता विद्यार्थी छन्। बाँकी मतदान गर्ने वा मतगणना गर्ने भन्नेबारे कुनै टुङ्गो लागि नसकेको क्याम्पस प्रमुख नगेन्द्र दंगालले बताए।

सिन्धुपाल्चोकको ४ क्याम्पसमा भएको निर्वाचन मध्ये ३ क्याम्पसको मतगणना सम्पन्न भई सार्वजनिक भएको छ। मेलम्ची भ्याली क्याम्पसमा सत्ता गठबन्धन नेविसंघ र अनेरास्ववियुको साझा उमेदवारलाई पराजित गर्दै स्ववियू सभापतिमा अखिल क्रान्तिकारीका उम्मेदवार विजयी भएका छन्। 

क्रान्तिकारीका सभापतिका उम्मेदवार राजन गिरीले ७३ मत ल्याएर विजय भएका हुन्। उनका प्रतिद्वन्द्वी गठबन्धन नेविसंघका रोशन गिरीले ४० मत मात्रै ल्याएका छन्। त्यस्तै जलबिरे भ्याली क्याम्पसमा अनेरास्ववियु र नेविसंघ गठबन्धनलाई पराजित गर्दै अखिल क्रान्तिकारीको प्यानलै विजयी भएको छ। 

क्याम्पसको स्ववियू सभापतिमा क्रान्तिकारीका अशोक ढुंगाना निर्वाचित भएका छन्। उनले ७१ मत ल्याएका थिए भने प्रतिद्वन्द्वी रामबहादुर बिकले ५२ मत ल्याएका थिए। अन्य पदमा क्रान्तिकारीको प्यानलै विजयी बनेको छ।

यता अरनिको कलेज बाह्रबिसेमा सत्ता गठबन्धनको तर्फबाट नेविसंघका तुसार श्रेष्ठ सभापतिमा विजयी भएका छन्। श्रेष्ठले १ सय १८ मत ल्याउँदै प्यानल नै विजयी भएको हो। उनको प्रतिद्वन्द्वी क्रान्तिकारीका अमृत श्रेष्ठले ७२ मत ल्याएका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.