त्रिभुवन बहुमुखी क्याम्पसको सभापतिमा अखिल क्रान्तिकारीका घर्ति मगर विजयी

त्रिभुवन बहुमुखी क्याम्पसको सभापतिमा अखिल क्रान्तिकारीका घर्ति मगर विजयी
सुन्नुहोस्

तानसेन : पाल्पाको त्रिभुवन बहुमुखी क्याम्पस तानसेनमा स्वतन्त्र विद्यार्थी युनियनको सभापति पदमा अनेरास्ववियु क्रान्तिकारी विजयी भएका छन् ।  बुधबार सम्पन्न मतगणनामा अखिल क्रान्तिकारीका मिलन घर्ति मगर विजयी भएका हुन् । 

उनले कूल खसेको १२२८ मतमा ३९० प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी नेपाल विद्यार्थी संघका कृष्ण अर्यालले ३४२ मत प्राप्त गरेको निर्वचन अधिकृत जीवनबहादुर थापाले बताए। त्यस्तै सचिव पदमा नेपाल विद्यार्थी संघका शुसिल बस्यालले ५१७ मत प्राप्त गरी निर्वाचित भएका छन् । 

उनका निकटतम प्रतिद्वन्द्वी अखिल क्रान्तिकारीका विपिन पंगेनीले ३३२ मत पाए  । कोषाध्यक्षमा नेपाल विद्यार्थी संघकी मिस्मा रानाले ४१६ मत पाइन् भने उनका निकटतम् प्रतिद्धन्द्धी गंगादेवी बाह्घरेले ३४५ मत पाएकी छन् ।

सदस्यहरूमा नेविसंघकी आशिका विश्वकर्माले ३९०,ज्योति दर्लामीले ४२६,तोरण रास्कोटीले ३८७, नविन थापा ३९८, बबिता थापाले ४०५, सुजल भटराईले ४५२ र अखिल क्रान्तिकारीकी इच्छा थापाले ३६० मत प्राप्त गरी विजयी भएको निर्वाचन अधिकृत थापाले जानकारी दिए । त्रिभुवन बहुमुखी क्याम्पस तानसेनमा स्ववियुका लागि भएको मतदानमा १ हजार २२८ मत खसेको थियो । कुल मतदाता विद्यार्थी १ हजार ८९४ रहेका थिए ।

रामपुर नगरपालिकास्थित शहिद बहुमुखी क्याम्पसमा भने मत गणना स्थगित भएको छ । ७१३ मतदाता रहेको क्याम्पसमा ५७१ मत खसेको थियो । जसमा ९७ मत गणना गर्न बाँकी रहदा बिबाद उत्पन्न हुँदा प्रहरीले हवाईफायर गरेपछि मनगणना स्थागित भएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.