अमेरिकी दूतावासले भन्यो- कानुन उल्लंघन गरेको पाइए भिसा रद्द गरेर देशबाट निष्कासन गर्छौं

अमेरिकी दूतावासले भन्यो- कानुन उल्लंघन गरेको पाइए भिसा रद्द गरेर देशबाट निष्कासन गर्छौं
सुन्नुहोस्

काठमाडौं : काठमाडौंस्थित अमेरिकी दूतावासले भिसा दुरुपयोग गरे देशबाट निष्कासन गर्ने जानकारी दिएको छ। अमेरिकाको कानुन उल्लंघन गरेको पाइए त्यस्ता व्यक्तिको भिसा रद्द गरी देशबाट निष्कासन गर्ने जानकारी दूतावासले दिएको हो।

अमेरिकाले भिसा जारी गरिसकेपछि नियमित चेकजाँच गर्ने गरेको जानकारी दिँदै दूतावासले अमेरिकी कानुन र आप्रवासन नियमहरूको पालना गर्न आग्रह गरेको छ।

'अमेरिकी भिसा जारी भइसकेपछि पनि भिसा जाँचको क्रम रोकिँदैन। सबैले अमेरिकी कानुन र आप्रवासन नियमहरू पालना गरिरहेका छन् भन्ने सुनिश्चित गर्न हामी निरन्तर रूपमा भिसा वाहकहरूको जाँच गर्छौं। उनीहरूले नियम उल्लंघन गरेको खण्डमा हामी उनीहरूको भिसा रद्द गरी देशबाट निष्कासन गर्नेछौं,' दूतावासले भनेको छ।

यसअघि पनि दूतावासले अवैध आप्रवासन खतरनाक हुने बताएको थियो। अवैध आप्रवासन अन्त्य गर्ने अमेरिकाको नीति रहेको प्रस्ट पार्दै दूतावासले उक्त बाटो नअपनाउन नेपालीहरूलाई आग्रह गरेको थियो।

दूतावासले एजेन्टहरूको झुटो आवश्वासन र अवैध बाटो अपनाउँदा नजरबन्द, आपराधिक क्रियाकलापकलगायतको सामना गर्नुपरिरहेको जानकारी दिएको थियो। 'हरेक वर्ष धेरैले रोजगारीको अवसर खोज्न एजेन्टहरूको झुटो आश्वासनमा लागेर आफ्नो जीवन नै जोखिममा पार्छन्। त्यस्तो झुटो आश्वासनमा परेर जीवनलाई नष्ट नपार्नुस्। आफू र आफ्नो परिवारलाई सुरक्षित राख्नुस्,' यसअघि दूतावासले भनेको थियो।

राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रावसन नीतिसम्बन्धी कार्यकारी आदेश जारी गरेपछि अवैधरूपमा अमेरिकामा बस्दै आएका नेपालीहरू निष्कासनमा पर्दै आएका छन्। पछिल्लो दुई महिनामा अमेरिकाले ४० बढी नेपालीलाई निकाला गरिसकेको छ। पछिल्लोपटक अमेरिकाले चार्टर जहाजमार्फत ११ जना नेपालीलाई निष्कासन गरी काठमाडौं ल्याइपुर्‍याएको थियो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.