राप्ती बबई क्याम्पसमा नेविसंघको प्यानल नै विजयी
दाङ : दाङको राप्ती बबई क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनमा नेपाल विद्यार्थी संघको प्यानल नै विजयी भएको छ। मंगलबार आएको अन्तिम मत परिणामअनुसार भारी मतका साथ निर्वाचित भएका हुन्। ३ हजार ३ सय मतदाता रहेको क्याम्पसमा १ हजार ४ सय १७ मत खसेको थियो।
सार्वजनिक भएको मत परिणाममा संयुक्त विद्यार्थी समूहलाई पछि पार्दै नेपाल विद्यार्थी संघका उम्मेदवार भारी मतान्तरले निर्वाचित भएका हुन्।
अध्यक्षमा नेविसंघका प्रमोद भण्डारी निर्वाचित भए। उनले अनेरास्ववियु लगायतको ७ संगठनको गठबन्धनका उम्मेदवार लेखमणि खत्रीलाई पछि पारेका हुन्।
अध्यक्षका स्वतन्त्र उम्मेदवार कोमल बहादुर वलीले १०८ मत प्राप्त गरेका छन् भने कृष्ण केसी (डेबिट)ले २१ मत पाए। सचिवमा नेपाल विद्यार्थी संघका टोप बहादुर ओली, कोषाध्यक्षमा शिक्षा नेपाली निर्वाचित भए।
सदस्यमा पनि नेपाल विद्यार्थी संघ कै उम्मेदवार विजयी भए। सचिव ओलीले गठबन्धनका सोनिया थापा हराएका हुन् भने स्वतन्त्र उम्मेदवार अंकिता डाँगीले ३८ मत प्राप्त गरेकी छन्। कोषाध्यक्ष पदमा शिक्षा नेपालीले गठबन्धनका तिलक राज डाँगीले पछि परेका हुन।
सदस्यका उम्मेदवारहरू नेपाल विद्यार्थी संघको भारी मतका साथ जितेका छन्। मनिशा चौधरी, रुपेश चौधरी, यम कुमारी भण्डारी, सन्जीव चौधरी, ममता वली, करुणा नेपाली, लक्ष्मण वली सदस्यमा निर्वाचित भए।
प्रतिक्रिया दिनुहोस !