विराटनगरमा सुरु भयो ढाका महोत्सव

विराटनगरमा सुरु भयो ढाका महोत्सव
सुन्नुहोस्

विराटनगर : कोशी प्रदेशको राजधानी विराटनगरमा ३ दिने ढाका कपडा महोत्सव सुरु भएको छ।

ढाकाका कपडाको ‘ब्राण्डिङ’ र बजारीकरण गर्ने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको महिला उद्यम समितिले बिहीबार महोत्सवको आयोजना गरेको हो। ‘नेपाली भेषभुषा हाम्रो बोली, ढाकाको सारी ढाकाकै चोली’ भन्ने मूल नारासहित सुरु भएको महोत्सवले स्वदेशी उत्पादनको प्रवर्द्धनमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

महोत्सवको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उद्घाटन गरे। उनले नीति तथा कार्यक्रम बनाएर आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटमार्फत प्रदेशमा भएका ढाका कपडा उद्योगलाई अघि बढाउने गरी बजेट विनियोजन गरिने बताए। उनले ढाका उद्योगले भोग्नु परेका समस्या र चुनौतीका विषयमा सरकारलाई राय सुझाव दिनसमेत आग्रह गरे।

प्रदेश सरकार ढाका महोत्सवलाई सधैँ साथ र सहयोग गर्न तयार रहेको बताउँदै, मुख्यमन्त्री कार्कीले भने, ‘यो साथ र सहयोग भोलिका दिनमा रहने छ। अहिले पनि प्रदेशको ३ वटा मन्त्रालय महोत्सवमा जोडिएको छ। ढाका उद्योगले भोग्नु परेका समस्यालाई प्रदेश सरकारले सम्बोधन गर्नसक्ने भए यहाँबाटै र नसक्नेलाई केन्द्रमा पहल गरिने छ।’

ढाका उद्योगको विकास, विस्तारका लागि प्रदेश सरकारले आगामी वर्षको नीति तथा कार्यक्रममा समावेश गर्ने मुख्यमन्त्री कार्कीले बताए। नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले ढाका महोत्सव प्रत्येक वर्ष आयोजना गरिने जानकारी दिए। उनले ढाका कपडाको प्रवर्द्धन, स्थानीय महिला उद्यमीहरूको क्षमता अभिवृद्धि, व्यापारिक सम्भावनाको खोजी तथा नेपाली महिलालाई उद्यमशीलतामा सशक्त बनाउनका लागि कोशी प्रदेशमा पहिलो पटक ढाका महोत्सवको आयोजना गरिएको र महोत्सवलाई निरन्तरता दिइने बताए।

महिला उद्यमीलाई नेपालसहित अन्तर्राष्ट्रिय बजार उपलब्ध गराएर स्थापित गराउने उद्देश्यका साथ ढाका महोत्सवको आयोजना गरिएको राउतको भनाइ छ। उनका अनुसार महोत्सवमा ढाका कपडाको प्रदर्शनी, फेशन–सो, व्यापार तथा लगानी प्रवर्द्धन, व्यावसायिक अवसरबारे छलफल, संवाद कार्यक्रम, ढाका बुनाइ तथा तान बुन्ने प्रतियोगिता हुनेछ।

महोत्सवमा कोशी प्रदेशको तेह्रथुम, ताप्लेजुङ, पाँचथर, इलाम, धनकुटा, संखुवासभा लगायतको क्षेत्रका ढाका उद्यमी सहभागी छन्। महोत्सवमा १४ जिल्लाका २६ वटा स्टल रहेको राउतले जानकारी दिए।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.