भारतीय पक्षले पनि नेपालमा लोकतान्त्रिक प्रणाली नै चाहेको छ : परराष्ट्रमन्त्री राणा

भारतीय पक्षले पनि नेपालमा लोकतान्त्रिक प्रणाली नै चाहेको छ : परराष्ट्रमन्त्री राणा

काठमाडौं : परराष्ट्रमन्त्री आरजु राणाले भारतीय पक्षले पनि नेपालमा लोकतान्त्रिक प्रणाली नै चाहेको बताएकी छन्। भारत भ्रमण सकाएर स्वदेश फर्किएकी परराष्ट्रमन्त्री राणाले शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै भारतीय पक्ष लोकतन्त्रकै पक्षमा रहेको बताइन्।

नेपालमा राजावादी सक्रिय भइरहेका बेला मन्त्री राणाले भारतीय पक्षको सन्देश नेपालमा लोकतन्त्र नै रहेको स्पष्ट पारेकी हुन्। 'भारतीय पक्षसँग राजनीतिक विषयमा धेरै कुराकानी नभए पनि उहाँहरूले नेपालमा लोकतान्त्रिक प्रणाली नै चाहेको मैले पाएँ। अहिले सरकारसँग भारतीय पक्ष (भारतीय निकायहरू) जोडिरहनुभएको छ। सरकार नै परिवर्तन गर्ने, व्यवस्था न परिवर्तन गर्ने खालको आशय उहाँहरूमा मैले देखिनँ,' मन्त्री राणाले भनिन्।

उनले राइसिना डायलग कार्यक्रममा नेपालको पक्षमा वकालत गरेको र विभिन्न साइडलाइन वार्ताहरू पनि गरेको बताइन्। उनले विपिन जोशीको रिहाइका लागि अमेरिकादेखि युरोप र एसियाका विभिन्न देशका सरकारका प्रतिनिधिहरूसँग छलफल गरेको बताइन्। अमेरिकाबाट आउने आर्थिक सहायताका विषयमा पनि त्यहाँका प्रतिनिधिसँग आग्रह गरिएको उनको भनाइ छ। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.