दाङमा सवारी दुर्घटनामा एक जनाको मृत्यु

दाङमा सवारी दुर्घटनामा एक जनाको मृत्यु
सुन्नुहोस्

दाङ : दाङमा  भएको सवारी  दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किंदा एक जनाको मृत्यु भएको हो । 

दुर्घटनामा परी तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ गाइडहरका २२ वर्षिय विवेक सुवेदीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते भएका सुवेदीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा निधन भएको हो । घोराहीबाट तुलसीपुरतर्फ पत्रिका ल्याउने क्रममा सुवेदी दुर्घटनामा परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक कविराज रोकायाका अनुसार घोराही–तुलसीपुर सडकखण्डको गुज्रेखोला नजिकै आज बिहान पौने ५ बजेतिर दुई मोटरसाइकल ठोक्किएका थिए ।

घोराहीबाट तुलसीपुरतर्फ आउँदै गरेको रा ८ प ३४१ नम्बरको मोटरसाइकल र तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको रा २ प ६१६३ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएको प्रहरी निरीक्षक रोकायाले बताए । दुर्घटनामा परी रा २ प ६१६३ नम्बरको मोटरसाइकल चालक घोराही–११ का ३४ वर्षिय दिपक बस्नेत गम्भीर घाइते भएका छन् । उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.