भारतीय दूतावासले मनायो २३औं स्वर्ण जयन्ती छात्रवृत्ति दिवस

भारतीय दूतावासले मनायो २३औं स्वर्ण जयन्ती छात्रवृत्ति दिवस

काठमाडौं : भारतीय दूतावासले २३औं स्वर्ण जयन्ती छात्रवृत्ति दिवस मनाएको छ। लैनचौरमा शनिबार आयोजित दिवसमा छात्रवृत्ति पाएका करिब दुई सय विद्यार्थीहरू सहभागी थिए। 

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले स्वर्ण जयन्ती छात्रवृत्ति प्राप्त गरेका दोस्रो ब्याचका मेधावी विद्वानहरुलाई राजदूतको स्वर्ण जयन्ती छात्रवृत्ति रोल अफ अनर प्रदान गरेका थिए।  राजदूत श्रीवास्तवले विद्यार्थीहरूलाई बधाइ दिँदै आ-आफ्नो क्षेत्रमा अब्बल हुन आग्रह गरे। उनले भारतको स्टार्टअप इकोसिस्टम, इन्क्युबेशन सेन्टरहरू र अन्य सहकार्यका पहलहरूका बारेमा प्रकाश पारेका थिए। 

null

कार्यक्रममा विश्वविद्यालय अनुदान आयोग नेपालका अध्यक्ष डा. देवराज अधिकारी, काठमाडौं विश्वविद्यालयका उपकुलपति डा. अच्युत वाग्ले, राजर्षि जनक विश्वविद्यालयका उपकुलपति डा. अमरप्रसाद यादव, पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति डा. बिजु कुमार थपलिया, मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति डा. ध्रुव कुमार गौतम, वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरी; र कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति डा. शारदा थपलियाले उपस्थित थिए। 

null

भारतले सन् २००२ मा प्रतिष्ठित स्वर्ण जयन्ती छात्रवृत्ति स्थापना गरेको थियो। यस छात्रवृत्ति योजनाबाट नेपालका ७७ जिल्लाबाट ३५०० जना भन्दा बढी नेपाली विद्यार्थीहरू लाभाञ्वित भएको दूतावासले जनाएको छ। अहिलेको ब्याचमा छात्रवृत्ति प्राप्त गर्नेहरू नेपालका ७५ जिल्लाबाट रहेका छन्, जसमध्ये एक तिहाइ छात्राहरू रहेका छन्। यस वर्ष ३ जना भिन्न क्षमता भएका विद्यार्थीहरू पनि छनोट गरिएको भारतीय दूतावासले जनाएको छ। 

भारत सरकारले प्रत्येक वर्ष इन्जिनियरिङ, चिकित्सा, दन्त विज्ञान, व्यवस्थापन, वाणिज्य, नर्सिङ, आयुर्वेद, नृत्य, रंगमञ्च र प्रदर्शन कला लगायत विभिन्न क्षेत्रहरूमा नेपाली विद्यार्थीहरूलाई लगभग १,५०० छात्रवृत्ति प्रदान गर्ने गरेको छ। 

null

 

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.