कक्षा ८ की छात्रा एनआरएनएको सद्भावना दूत

कक्षा ८ की छात्रा एनआरएनएको सद्भावना दूत
सुन्नुहोस्

पाल्पा : पाल्पा तानसेन नगरपालिका–९ को दमकडा नमुना माध्यमिक विद्यालयमा एउटा आधुनिक चिटिक्क परेको व्यबस्थित रेकर्डिङ स्टुडियो छ। त्यही रेकर्डिङ स्टुडियोमा निरन्तर अभ्यासबाटै बलियो आत्मविश्वासको विकास गरी विद्यालयकी कक्षा ८ मा अध्ययनरत छात्रा ओजस्वी आचार्यलाई गैरआवासीय नेपाली संघले सद्भावना दूत बनाएको छ। 

एनआरएनएले मार्च १५ र १६ गते थाइल्यान्डको बैंककमा आयोजना गरेको दोस्रो अन्तर्राष्ट्रिय युवा सम्मेलनमा ओजस्भले ‘कि नोट स्पिकर’का रूपमा आफ्नो मन्तव्य राखेकी थिइन्। उक्त सम्मेलनमा ओजस्वीको मन्तव्यले नेपाल सरकार र गैरआवासीय नेपालीहरूको मन नै पगाल्यो। ओजस्वीको त्यो भाषण सामाजिक सञ्जालमा भाइरल नै बन्यो। 

थाइल्यान्डमै दोस्रो युवा सम्मेलनमा कक्षा ८ मा अध्ययनरत छात्रा आचार्य गैर आवासीय नेपाली संघको सद्भावना दूत नियुक्त भएकी हुन्। एनआरएनको सद्भावना दूत बनेपछि उनले कम्वोडियामा भएको १० औं एसिया प्यासिफिक क्षेत्रीय सम्मेलनमा समेत अतिथि वक्ताका रूपमा मन्तव्य राखेकी छन्। 

छात्रा आचार्यको अद्भुत उद्घोषण क्षमताको कारण उनी एनआरएनएको सद्भावना दूत बनेकी हुन्। उद्घोषणमा राम्रो क्षमता भएकी ओजस्वीले विद्यालयको स्टुडियो प्रयोगबाट नै आफ्नो प्रतिभालाई उत्कृष्ट बनाउँदै लगिन्। उनको अन्तर्वार्ता लिने शैली विश्वको व्यावसायिक अन्तर्वार्ताकारभन्दा कमी देखिँदैन। आफ्नो प्रतिभालाई छात्रा ओजस्वीले विद्यालयको रेकर्डिङ स्टुडियोबाट थप सुधार गर्दै परिस्कृत गर्दै लैजान सफल भएको विद्यालयका प्रधानाध्यापक मोहनप्रसाद सापकोटाले बताए। 

गत वर्ष कक्षा ७ मा अध्ययन गर्दै गर्दा सामुदायिक विद्यालय सुधार अभियन्ता अभिशेक घिमिरेसँग छात्रा आचार्यसहित सोही विद्यालयमा अध्ययनरत इजन श्रेष्ठले विद्यालयकै स्टुडियोमा लिएको अन्तर्वार्ताकै कारण आज उनी एनआरएनको सद्भावना दूतसम्मको सफलता हात पारेकी हुन्। घिमिरेसँग लिएको उनको अन्तर्वार्ता सामाजिक सञ्जालबाट करोडौं व्यक्तिले हेरेर उत्कृष्ट अन्तर्वार्ताको उपाधि पाएपछि उनको चर्चा संसारभरि नै फैलिएको थियो। छात्रा ओजस्वीको अन्तर्वार्ताबाट संसारभरका नेपालीहरू प्रभावित भए। गैरआवासीय नेपाली संघले गर्ने गतिविधिमा ओजस्वीले स्थान पाउँदै गइन्। गैरआवासीय नेपाली संघले २ महिनाअघि आफ्ना बालबालिकाहरूलाई केन्द्रित गरेको एक कार्यक्रममा ओजस्वी आचार्य र गण्डकी बोडिङकी प्रिन्सा रेग्मीलाई अतिथि वक्ताको जिम्मेवारी दियो। उक्त जुम सम्मेलनमासमेत ओजस्वीले उत्कृष्ट प्रदर्शन गरेर एनआरएनएको मन जित्न सफल भएकी थिइन्। पढाइमा समेत तेज रहेकी ओजस्वीले विद्यालयमा सञ्चालन हुने वार्षिक उत्सव तथा विभिन्न कार्यक्रम गतिविधिमा उद्घोषण गर्दै आएकी थिइन्। विद्यालयले ओजस्वीको उद्घोषणकला राम्रो देखेर उनलाई विद्यालयका अधिकांश कार्यक्रममा उद्घोषणको जिम्मेवारी दिँदै आएको छ। 

ओजस्वी गतवर्ष जिल्ला स्तरीय वक्तित्वकलामा प्रथम र लुम्बिनी प्रदेशस्तरीय वक्तित्वकला प्रतियोगितामा द्वितीय, हुँदै विभिन्न वक्तित्वकला प्रतियोगितामा भाग लिएर उत्कृष्ट पुरस्कार हात पारेकी छन्। 

विद्यालयले बालबालिकाको प्रतिभा बाहिर ल्याउन रेडियो मदनपोखरा सँगको सहकार्यमा बालबालिकासँग रेडियो कार्यक्रम सञ्चालन गर्दै आएको थियो। वालबालिकाहरू रेडियो जाने र आफ्ना विचार गतिविधिहरू रेकर्ड गराएर रेडियोबाट प्रसारण गर्दै आएका थिए। बालबालिका र शिक्षकले विद्यालयमै रेडियोमा जस्तै रेकर्डिङ स्टुडियो बनाउने प्रस्ताव राखे। उक्त प्रस्तावलाई विद्यालयले स्वीकार गरेर स्टुडियो निर्माण गरी बालबालिकालाई निरन्तर अभ्यास गराउँदै आएको विद्यालय व्यबस्थापन समितिका अध्यक्ष राजेशकुमार अर्यालले बताए। अहिले विद्यार्थीहरूले आफैं विद्यालयको रेकर्डिङ स्टुडियोबाट कार्यक्रमहरू उत्पादन गरे सामुदायिक रेडियो मदनपोखराबाट नियमित प्रशारण गर्दै आएका छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.