देश विकासको गतिमा अगाडि बढेको छ : प्रधानमन्त्री

देश विकासको गतिमा अगाडि बढेको छ : प्रधानमन्त्री
सुन्नुहोस्

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले सयम परिवर्तन हुँदै विकासको गतिमा देश अगाडि बढेको बताएका  छन्। राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्रीले भने, 'समस्याहरू छन्। तिनको कारण र समाधान पनि छ।' उनले आफूले नै डिजिटल नेपालको नारा दिएको र त्यसले प्रविधिको क्षेत्रमा ठूलो परिवर्तन ल्याएको बताए। 

'हामीले थुप्रै मेडिकल कलेजहरू बनायौं, प्रत्येक पालिकामा आधारभूत तहका अस्पताल बनाउने भनेर अगाडि बढायौं। कतिपय बनिसकेका छन् भने कति तयार हुने क्रममा छन्। त्यसले नेपालको स्वास्थ्य क्षेत्रमा ठूलो परिवर्तन ल्याउने छ। सरकार शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर अगाडि बढेको छ,' उनले भने, 'हाम्रा छोरीहरूले विशेषज्ञ चिकित्सको सपना देख्नुभएको छ। त्यो बन्ने प्रतिक्षामा हुनुहुन्छ। कतिले अहिले विशेषज्ञ भएर सेवा गरिरहनुभएको छ, यो अहिलेको समयको उपलब्धि हो। हामी भावनात्मक ढंगले चल्नु हुँदैन। अहिले जति पनि समस्याहरू छन्। ती विकासको गतिसँगै आएका हुन्, त्यसलाई व्यवस्थित गरी हामी अगाडि बढ्नुपर्छ।'

प्रधानमन्त्री ओलीले उद्यमशीलताबाट मात्रै रोजगारीका अवसर सिर्जना र कृषिको आधुनिकीकरणबाट मात्रै उत्पादन र उत्पादकत्व वृद्धि गर्न सकिने भएकोले त्यसमा लाग्न आग्रह गरे। कार्यक्रमा चिकित्सा, कानुन, विज्ञान तथा प्रविधि क्षेत्रसँग सम्बद्ध करिब १ सय ४० युवाको सहभागीता थियो। उनीहरुले आफ्ना क्षेत्रको अवस्था र समस्या राखेका थिए। प्रधानमन्त्रीले आफ्नो क्षेत्रमा केन्द्रित भएर ठोस रूपमा प्रतिवेदन ल्याउन आग्रह गरे। त्यसलाई सरकारको आगामी  नीति तथा कार्यक्रम र बजेटमा समेटेर लाने प्रतिबद्धता उनले व्यक्त गरे


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.