दलितको घर भत्काइएको घटनामा संसदीय छानबिन समिति गठन गर्न माग

दलितको घर भत्काइएको घटनामा संसदीय छानबिन समिति गठन गर्न माग
सुन्नुहोस्

काठमाडौं : राष्ट्रियसभा सदस्यहरूले सिरहाको औरही गाउँपालिका-५ मा महायज्ञ गर्ने भन्दै दीपक मल्लिकको घर भत्काइएको घटनाको सत्यतथ्य छानबिन गर्न संसदीय समिति गठन गर्न माग गरेका छन्। आइतबार बसेको राष्ट्रियसभा बैठकमा उनीहरूले उच्चस्तरीय समिति गठन गरेर उक्त घटनाको छानबिन गरी दोषीलाई कडा कारबाही गर्न माग गरेका हुन्।

सांसद घनश्याम रिजालले उक्त घटनाले झन्डै ६० लाख दलित समुदायको अपमान भएको भन्दै छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरे। उनले गाउँपालिका अध्यक्ष शिवजी यादवलाई प्रहरीले नियन्त्रणमा लिए पनि पीडित परिवारले अझै असुरक्षित महसुस गर्न नसकेको भन्दै सुरक्षाको प्रत्याभूति गराउन सरकारको ध्यानाकर्षण गराए।

त्यस्तै सांसद विष्णुदेवी पुडासैनीले संविधानमा उल्लेख हक अधिकार विपरीत महायज्ञको नाममा दलितको घरमा डोजर लगाउनु आपाराधिक काम भएको बताइन्। उनले सो घटनामा संलग्नलाई कारबाही गर्न माग गरिन्।

त्यस्तै सांसद विष्णुबहादुर विश्वकर्माले उक्त घटनामा पालिका अध्यक्षलाई तत्काल पदबाट हटाएर बजरङ्गी बाबालाई पक्राउ गर्न माग गरे। त्यस्तै अन्य सांसदहरूले पनि दलित समुदायमाथि ज्यादती गर्नेलाई कडाभन्दा कडा कारबाही गर्न माग गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.