शीतल निवासमा प्रधानमन्त्री ओली, मुलुकको विकास र समृद्धिमा तदारुकता देखाउन राष्ट्रपतिको आग्रह

शीतल निवासमा प्रधानमन्त्री ओली, मुलुकको विकास र समृद्धिमा तदारुकता देखाउन राष्ट्रपतिको आग्रह

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले दिगो शान्ति, सुशासन, सामाजिक न्याय, समता मूलक समाज निर्माणमा नेपाल सरकारको तदारुकता आवश्यक रहेको बताएका छन्। आइतबार शीतल निवासमा नेपाल सरकारको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन प्रस्तुत कार्यक्रममा राष्ट्रपति पौडेलले मुलुकको विकास र समृद्धिको उद्देश्य प्राप्तिका साथै दिगो शान्ति, सुशासन, सामाजिक न्याय, समता मूलक समाज निर्माणमा सरकारको तदारुकता आवश्यक रहेको बताए। 

उनले मुलुकमा उपलब्ध स्रोत साधन परिचालन गरी राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वको प्रभावकारी कार्यान्वयनबाट मात्र मुलुकमा दिगो विकास हुने बताए। राष्ट्रपति पौडेलले नेपालको संविधानको मुलभूत मर्म र भावना एवं राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वसम्बन्धी संवैधानिक व्यवस्थालाई कार्यान्वयन गर्दै जानु पर्ने उल्लेख गरे।

उनले आगामी दिनमा संविधानको मर्म र भावना बमोजिमका काम कारबाहीहरू क्रमिक र प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकार अझ सक्रिय र क्रियाशील रहने विश्‍वास लिए। सरकारको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै प्रधानमन्त्री ओलीले जनतालाई राजनीतिक परिवर्तनको अनुभूति गराउन सरकार गम्भीर रहेको बताए। 

उनले आर्थिक अवस्थामा देखा परेको असहज परिस्थितिले परेको दवाव कम गर्न सरकारले प्रयास गरेको र केही उपलब्धि हासिल भएको उल्लेख गरे। सरकारले लिएको नीतिका कारण समयमा नै विद्यार्थीहरूलाई पाठ्यपुस्तक उपलब्ध गराउन सफल भएको, किसानलाई मल उपलब्ध गराइएको र मलको अभाव हुन नदिन प्रयाप्त बजेट छुट्याइएको उनले बताए। 

त्यस्तै प्रधानमन्त्री ओलीले नागरिक एपमार्फत सेवा प्रदान गरिएको, नागरिकता, राहदानी, सवारी चालक अनुमतिपत्रलगायत लिनका लागि घन्टौं लाइन बस्नुपर्ने व्यवस्था अन्त्य गरिएको, मिटरव्याज समस्यालाई दीर्घकालीन समाधान गर्न पहलकदमी लिइएको जानकारी दिए। देशभित्र लगानी वृद्धि र समृद्धि सुशासन तथा सामाजिक न्यायको लक्ष्य पुरा गर्न थप मेहनतका साथ वर्तमान सरकार अघि बढेको उनको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.