दाङमा प्लाइ उद्योगमा आगलागी

दाङमा प्लाइ उद्योगमा आगलागी
सुन्नुहोस्

दाङ : दाङको घोराही उपमहानगरपालिका ९ खैरामा रहेको प्लाइ उद्योगमा आगगाली भएको छ । खैरामा रहेको सांग्रीला प्लाइ उद्योगमा विद्युत सट भएर आगलागी भएको हो ।

आगलागीका कारण प्लाइ बनाउन प्रयोग हुने काठ, कच्चा पदार्थ, मेसिनलगायतका सामग्री जलेर नस्ट भएको उद्योगले जनाएको छ । 

उद्योगमा आगलागी राती करिव साढे १ बजेदेखि लागेको र अझै नियन्त्रणमा आउन नसकेको प्रहरीले जानकारी दिएको छ । प्रहरीका  अनुसार  मानवीय क्षति भने भएको छैन ।  आगलागी नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनालगायत स्थानीयबाट प्रयास भइरहे पनि नियन्त्रणमा आउन सकेको छैन ।

उद्योगमा लागेको आगो ठूलो भएका कारण घोराही र तुलसीपुर उपमहानगरपालिकाबाट दमकल आए पनि नियन्त्रणमा ल्याउन नसकिएको प्रहरीले जानकारी दिएको छ । उद्योगमा लागेको आगलागीकाबाट करोडौंको क्षति भएको अनुमान गरिएको छ । थप विवरण आउन बाँकी ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.