राष्ट्र बैंकको गभर्नर सिफारिसका लागि अर्थमन्त्रीको संयोजकत्वमा समिति गठन

राष्ट्र बैंकको गभर्नर सिफारिसका लागि अर्थमन्त्रीको संयोजकत्वमा समिति गठन

काठमाडौं : सरकारले राष्ट्र बैंकको गभर्नर सिफारिसका लागि अर्थमन्त्रीको संयोजकत्वमा सिफारिस समिति गठन गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको हो। 

सिफारिस समितिमा पूर्व गभर्नर विजय भट्टराई र अर्थविद् विश्व पौडेल रहेका छन्। 'नयाँ गभर्नर नियुक्ति प्रक्रिया अगाडि बढाउन सरकारले सिफारिस समिति गठन गर्ने निर्णय गरेको छ। प्रधानमन्त्रीजीले समितिको संयोजकमा अर्थमन्त्रीलाई तोक्नुभएको छ,' एक मन्त्रीले अन्नपूर्णसँग भने।

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल चैत २४ सकिँदैछ। उनको कार्यकाल सक्ने भएपछि सरकारले नयाँ गभर्नर नियुक्तिका लागि प्रक्रिया अगाडि बढाएको ती मन्त्रीको भनाइ छ। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.