दाङमा प्लाइ उद्योगमा आगलागी : ३२ घन्टामा पनि  नियन्त्रणमा आएन

दाङमा प्लाइ उद्योगमा आगलागी : ३२ घन्टामा पनि  नियन्त्रणमा आएन
सुन्नुहोस्

दाङ : दाङको घोराही उपमहानगरपालिका–९ खैरामा रहेको साङ्ग्रिला प्लाई उद्योगमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।

आइतबार राति १ बजेदेखि लागेको आगो अझै पनि नियन्त्रणमा आउन नसकेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा डिएसपी चक्र बहादुर शाहले जानकारी दिए ।

सोमबारदेखि नै आगो निभाउने प्रयास भइरहेको छ । आगलागी भएको ३२ घण्टा हुँदा पनि नियन्त्रणमा आउन सकेको छैन । अहिले पनि आगो नियन्त्रणको प्रयास भइरहेको डिएसपी शाहले जानकारी दिए  ।

आगो नियन्त्रणका लागि दाङ लगायत बाँके , बर्दिया , कपिलवस्तु र रुपन्देहीबाट दमकल ल्याइएको भए पनि  आगो नियन्त्रणमा सकस भइरहेको उनको भनाइ छ । अहिले ८ वटा दमकले आगो निभाइरहेका छन् ।

दाङको घोराही, तुलसीपुर उपमहानगरपालिका र लमही नगरपालिका तथा बर्दियाको बाँसगढी नगरपालिका, बाँकेको कोहलपुर नगरपालिका, नेपागंज उपमहानगरपालिका, कपिलवस्तुको शिवराज नगरपालिका र रुपन्देहीबाट एउटा दमकल ल्याएर आगो निभाउने क्रम जारी छ ।

उद्योगमा काठ र अरू कच्चा पदार्थ, प्लाई बनाउन प्रयोग हुने धेरै सामग्री भएकाले आगो नियन्त्रणमा आउन नसकेको डिएसपी शाहले जानकारी दिए ।

आगलागीबाट अरबौंको क्षति भएको अनुमान गरिएको छ । यद्यपि अझै क्षतिको विवरण आउन सकेको छैन । आगलागीको कारण अझै खुल्न नसकेको प्रहरीले जनाएको छ । आगो निभाउन ठूलो सङ्ख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, नगर प्रहरी, तथा स्थानीयवासी खटिएका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.