विपक्षीलाई प्रधानमन्त्रीको जवाफ- एउटा हटायो, अर्को नियुक्ति भयो, सकियो

विपक्षीलाई प्रधानमन्त्रीको जवाफ- एउटा हटायो, अर्को नियुक्ति भयो, सकियो

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले कुलमान घिसिङका विषयमा प्रधानमन्त्रीले जवाफ दिइरहनु नपर्ने स्पष्ट पारेका छन्। नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक घिसिङलाई बर्खास्त गरेको भन्दै माओवादी केन्द्रसहित विपक्षी दलले सदन अवरोध गर्दै प्रधानमन्त्रीको जवाफ माग गरेको थियो।

माओवादी सांसद शक्ति बस्नेतले कुलमानका विषयमा गरिएको निर्णय सरकारले फिर्ता गर्नुपर्ने र प्रधानमन्त्रीले सदनलाई जवाफ दिनुपर्ने माग गरेका थिए। विपक्षीको अवरोधपछि संसद बिहीबारसम्मका लागि स्थगितसमेत भएको छ।

सोही विषयमा प्रधानमन्त्री ओलीले टिप्पणी गर्दै आफूले जवाफ दिनइरहनु नपर्ने बताएका हुन्। युवा संघले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सरकारले एउटा कर्मचारीलाई हटाउँदा केहीले छाती पिटिपिटी रोएको टिप्पणी गर्दैमा जवाफ दिइरहनु नपर्ने बताए।

'प्रधानमन्त्रीले जवाफ दिइसक्यो। एउटा हटायो, अर्को नियुक्ति गर्‍यो। सकियो। त्यही हो जवाफ। उनीहरूलाई सहयोग हुने उनीहरूले जो भन्यो त्यही नियुक्ति गर्ने हाम्रो काम होइन,' उनले भने।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.