इशानको शतकमा बागमतीले मधेशलाई दियो बलियो लक्ष्य
काठमाडौं : प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा इशान पाण्डेको शतकमा बागमती प्रदेशले मधेश प्रदेशलाई २६० रनको बलियो लक्ष्य दिएको छ।
सिद्धार्थनगरस्थित सिद्धार्थ क्रिकेट रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको बागमतीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २५९ रन बनाएको हो।
बागमतीका ओपनर ब्याटर इशान पाण्डेले शतकीय पारी खेले। उनले १२७ बलममहा १४ चौकासहति ११४ रन बनाएका हुन्। यो यस संस्करणको पाँचौ शतक हो। प्रधानमन्त्री कपको यो संस्करणमा इशान शतक प्रहार गर्ने चौथो खेलाडी हुन्।
शुभ कंसाकारले २०, रिजन ढकालले ३० र विवेक मगरले ३० रन र विपिन आचार्यले २७ रन बनाए। विपिन आचार्य १७ रनमा अविजित रहे। मधेशका लागि हरिशंकर शाह, पवन सर्राफ र अनिल शाहले समान २–२ विकेट लिए। रुपेश सिंह र विशाल पटेलले १–१ विकेट लिए।
लिगको अन्तिम खेल खेलिरहेका यी दुई टिममा बागमतीले ४ जितसहित ८ अंक जोडेको छ। मधेशले ३ जितसहित ६ अंक जोडेको छ। आज फराकिलो अन्तरले जित निकालेको खण्डमा मधेश शिर्षमा ४ भित्र पर्ने सम्भावना रहन्छ भने बागमतीले सामान्य जित निकालेको खण्डमा पनि शिर्ष ४ मा पर्दै जय ट्रफी खेल्नेछ।
प्रतिक्रिया दिनुहोस !