दाङमा खम्बामा बाँधेर महिलामाथि निर्घात  कुटपिट

पैसा दिएर गाउँमै मुद्दा मिलाउने प्रयास

दाङमा खम्बामा बाँधेर महिलामाथि निर्घात  कुटपिट
सुन्नुहोस्

दाङ : दाङमा एक महिलालाई बिजुलीको खम्बामा बाँधेर निर्घात कुटपिट  गरिएको छ । कुटपिट गरेको भिडियो  सामाजिक सञ्जालमा  सार्वजनिक भएपछि यो घटना बाहिर आएको हो ।

दाङको घोराही उपमहानगरपालिका–१० की २६ वर्षीया शिला चौधरीमाथि घोराही उपमहानगरपालिका–११ मा  निर्घात कुटपिट गरिएको छ। श्रमिकको रूपमा काम गर्दै आएकी शिला नामकी महिलालाई  बिजुलीको खम्बामा बाँधेर स्थानीयले निर्घात कुटपिट गरेको सर्वजनिक भएपछि केही घटना लुकाउने प्रयासमा समेत लागेका स्थानीयले जनाएका छन्।

शिलामाथि घोराही–११ चागुका गोपाल चौधरीकी श्रीमती र स्थानीय केही अन्य महिलाले बाँधेर निर्घात कुटपिट गरेको भिडिओ सार्वजनिक भएको छ।

शिलाले जीवनयापनका लागि  सोही वडाको तरकारी फार्ममा काम गर्दै आएकी थिइन्। तरकारी फार्मका केही सामान हराएको आरोपमा शिलामाथि  कुटपिट भएको महिला अधिकारकर्मी खुमा खड्काले बताइन्। 'यो घटना गाउँमै मिलाइएको रहेछ', अधिकारकर्मी खड्काले भनिन्, 'पीडितकी आमाले सामाजिक सञ्जालमा भिडिओ देखेपछि बिहीबार मुद्दा प्रहरीमा पुगेको हो।'

स्थानीयका अनुसार  राजनीतिक दलका स्थानीय नेताहरूले ७० हजार रूपैयाँ दिएर कुटपिटको मुद्दा गाउँमै मिलाएका थिए। इलाका प्रहरी कार्यालय नारायणपुरमा यो विवाद आउनुअघि स्थानीय 'भद्रभलादमी' को रोहवरमा पैसा दिएर मिलाउन खोजिएको थियो ।

भिडिओ सामाजिक सञ्जालमा फैलिएपछि पीडितकी आमाले छोरीमाथि भएको अत्याचारबारे आवाज उठाइन्। उनकै पहलमा घटना मिलाउन दिइएको रूपैयाँ फिर्ता गरिएको हो। बिहीबार मात्रै पीडित जिल्ला प्रहरी कार्यालय घोराहीमा पुगेर आरोपितविरूद्ध अमान्य व्यवहार शीर्षकमा मुद्दा दायर गरेको निमित्त प्रहरी प्रमुख डिएसपी चक्रबहादुर शाहले जानकारी दिए । 

'हामीलाई त पहिला गाउँघरको सामान्य कुटाकुट घटना मात्रै हो भनिएको थियो', उनले भने, 'पीडित आएर उजुरी दिएपछि कुटपिट घटनामा संलग्न तीन जनालाई   नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छौँ ।' पीडितले निवेदन दिएपछि आफूले त्यसैको आधारमा आरोपितलाई पक्राउ गरेको हुँदा मुद्दा आधिकारिक रूपमा दर्ता भइसकेको डिएसपी शाहले बताए। घटनाबारे थप अनुसन्धान हुन बाँकी रहेको  उनले बताए।

'स्थानीय केही भद्रभलादमीका नाममा यति गम्भीर घटनामा पैसा दिएर कागज गराई मिलापत्र गराइएको देखियो', अधिकारकर्मी खड्काले भनिन्, 'एक अबला नारीलाई रातिको समयमा बोलाएर पोलमा बाँधेर त्यसरी पशुवत व्यवहार गर्न पाइँदैन। दोषीले सजाय पाउनुपर्छ ।'

शिलामाथि कुटपिट भएको भिडिओ कुट्नेहरू आफैंले सामाजिक सञ्जालमा राखेका थिए।  घाँटी, टाउको र शरीरको भित्री भागमा दुखाइ चोट रहेको पीडितले जनाएकी छ्न ।  


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.