तीर्थ यात्रामा गएका दाङका चारजनाको भारतमा दुर्घटनामा परी मृत्यु

तीर्थ यात्रामा गएका दाङका चारजनाको भारतमा दुर्घटनामा परी मृत्यु
सुन्नुहोस्

दाङ : तीर्थ यात्रामा हिँडेका दाङ तुलसीपुरका चारजनाको भारतमा सवारी दुर्घटनामा परी मृत्यु भएको छ। दाङको तुलसीपुरबाट भारतमा तीर्थ यात्राका लागि गएको स्कार्पियो गाडी दुर्घटना हुँदा चारजनाको मृत्यु भएको हो ।

बिहीबार बिहान तुलसीपुरबाट तिर्थ यात्राका लागि गएको  युपी ३१ एसी ७२०० नम्बरको स्कार्पियो  भारतको बहराइचमा दुर्घटना भएको थियो । 

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष  रामबहादुर जिसीले भारतमा भएको  दुर्घटनामा परी गाडी चालक तुलसीपुर–७ पर्सेनी निवासी अन्दाजी ३७ वर्षीय युवराज चापागाईसहित चारजनाको मृत्यु भएको खबर प्रप्त भएको बताए ।  अन्य तीनजनाको नाम भने नखुलेको उनले बताए ।

गाडीमा नौ जना सवार रहेको र अरु घाइते भएका छन् ।गाडीमा सवार सबैजना यात्रु तुलसीपुरकै रहेको अनुमान गरिएको छ । 
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.