कोपिला भ्याली सेवा समाजद्वारा सूचना दिन आनाकानी

कोपिला भ्याली सेवा समाजद्वारा सूचना दिन आनाकानी
सुन्नुहोस्

वीरेन्द्रनगर : कोपिला भ्याली सेवा समाजले सूचना दिन आनाकानी गरेको छ। कोपिला भ्याली सेवा समाजका सार्वजनिक महत्त्वका विषयहरूमा गत फागुन २३ गते पहिलो पटक सूचनाको हकअनुसार सूचनाको माग गरियो। उक्त निवेदन दिएको १० दिनभित्र चैत ३ गते मागेको सबै सूचना नदिएर आंशिक सूचना दिइयो। 

उक्त सूचना प्राप्त भएको दुई दिनपछि चैत ५ गते आंशिक सूचना दिने सूचना अधिकारीलाई कारबाही गरी मागेका सबै सूचनाहरू उपलब्ध गराइदिनु हुन भनेर अर्को निवेदन पेस गरियो। सूचनाको हकसम्बन्धी ऐन २०६४ को दफा ३ र ७ अनुसार ती सूचना मागेको सात दिनभित्र अर्थात् चैत १२ गतेभित्र दिनुपर्थ्यो। तर हालसम्म पनि उक्त सूचना दिइएको छैन। संस्थाबाट आधिकारिक रूपमा त्यसबारे जानकारी पनि गराइएको छैन।

कोपिला भ्याली सेवा समाज र त्यसबाट सञ्चालित विद्यालयमा कार्यरत कर्मचारी, शिक्षक र विद्यार्थीको विवरण, कोपिला भ्याली सेवा समाजका साथै विद्यालयको गत आर्थिक वर्षको अडिट प्रतिवेदन र चालु आर्थिक वर्षको बजेट, कार्यक्रम तथा खर्च विवरण, कोपिला भ्याली सेवा समाज र विद्यालय सञ्चालन भए यता त्यससँग सम्बन्धित पदाधिकारीहरूको विवरण र कोपिला भ्याली सेवा समाज र विद्यालय हाताभित्र भएका रहस्यमय आत्महत्याका घटना र त्यसको कारणका सन्दर्भमा सूचना माग गरिएको थियो। 

तर संस्थाले चैत ३ गते दिएको सूचनामा कोपिला भ्याली सेवा समाजको वार्षिक प्रगति प्रतिवेदन, कर्मचारीको संख्या तथा चालु आर्थिक वर्षको जम्मा बजेट, गत आर्थिक वर्षको सेवाग्राही विवरण संख्या र संस्थाको हाल निर्वाचित पदाधिकारी विवरण मात्र उपलब्ध गराइयो। कोपिला भ्याली सेवा समाजले मागेको सूचना नै दिन आनाकानी गरी बदनियत राख्यो।

कोपिला भ्याली सेवा समाजका अध्यक्ष गोगनबहादुर मल्लले लिखितभन्दा पनि मौखिक रूपमा सूचना माग्न आग्रह गरे। उनले भने, ‘कोपिला भ्याली सेवा समाज सामाजिक संस्था हो। त्यसमा तपार्इंहरूले साथ दिनुस्। म काठमाडौंमा छु। तीन चार दिनमा फर्किएपछि सूचना मौखिक रूपमा दिउँला। यस्ता झिनामसिना कुरामा लाग्नु हुँदैन। बरु गेट टुकेदर गरौं। प्रेस मिट गरौं। सूचना माग्दा मौखिक रूपमा नै मागे भइहाल्छ। पत्र लेखेर नै सूचना माग्नु आवश्यक छैन। यदि सानातिना कमी, कमजोरी भएमा सुधार गर्दै जाउँला।’

१७ वर्षदेखि एकै एनजीओलाई लगानी
कोपिला भ्याली सेवा समाज एक गैरसरकारी संस्था हो। जसमा ब्लिंक नाउ नामक आईएनजीओले लगानी गरिरहेको छ। कोपिला भ्याली सेवा समाजका प्रबन्ध निर्देशक टोपबहादुर मल्ल र ब्लिंक नाउका सीईओ सन् २०१५ की सीएनएन हिरो म्यागी डोयनको मिलेमतो छ। उनीहरूकै मिलेमतोमा विगत १७ वर्षदेखि करोडौं रुपैयाँ कोपिला भ्याली सेवा समाजमार्फत खर्च गरिँदै आएको छ।

झन्डै दुई वर्षअगाडि कोपिला भ्यालीले शिक्षा कार्यक्रम सञ्चालनका लागि सूचना निकाल्यो। उक्त सूचनाअनुसार सुर्खेतमा सञ्चालित स्याक नेपाल, कर्णाली फाउन्डेसन, सुन्दर नेपाल संस्थालगायतका धेरै संस्थाहरूले प्रस्तावहरू पेस गरे। उक्त प्रस्तावहरूमा स्याक नेपाल छनोट भएको जानकारी प्राप्त भयो। तर पछि उसलाई कार्यक्रम सम्झौता गरिएन। कोपिला भ्याली सेवा समाजबाटै कार्यक्रम कार्यान्वयन गरियो। 

स्याक नेपालका अध्यक्ष टीकाराम आचार्यले भने, ‘ब्लिंक नाउले शिक्षा कार्यक्रमका लागि सूचना निकाल्यो। हामी धेरै संस्थाहरूले त्यहाँ प्रस्तावना पेस गरेका थियौं। केही समयपछि हाम्रो संस्था छनोट भएको खबर सुनियो तर हालसम्म पनि कार्यक्रम सम्झौता गरिएन। पछि त्यो त्यतिकै सेलायो। हामीलाई अनावश्यक रूपमा भ्रममा पारियो। हामी वर्षौंदेखि शिक्षालगायत सामाजिक कार्यमा सक्रिय गैरसरकारी संस्था हौं। तर हामीले ब्लिंक नाउको कार्यक्रम कार्यान्वयन गर्ने अवसर पाएका छैनौं।’

ब्लिंक नाउका कन्ट्री डाइरेक्टर डा. एसपी कलौनीले कोपिला भ्याली सेवा समाजको भौतिक पूर्वाधार, जनशक्ति व्यवस्थापनलगायतका सबै हिसाबले छनोटका मापदण्डहरू पूरा गर्ने संस्था कोपिला भ्याली सेवा समाज नै रहेकाले उसलाई नै सहयोग गरिएको बताए। उनले भने, ‘बालगृहलगायतका अन्य कार्यक्रम सञ्चालनका लागि छनोट ओपन प्रक्रियाबाटै हुन्छ। हामीसँग भएका कार्यक्रमको निरन्तरता, व्यवस्थापन गर्ने क्षमतालगायतका मापदण्डका आधारमा कोपिला भ्याली सेवा समाज छनोटमा परेको हो। दुई वर्षअगाडि शिक्षा कार्यक्रमका लागि गरिएको सूचनाको कार्यक्रम हामीले कसैलाई दिएका छैनौं। त्यसको प्रक्रिया टुंगिएकै छैन।’

कोपिला भ्याली सेवा समाजका प्रबन्धक निर्देशक मल्ल र ब्लिंक नाउका सीईओ म्यागीको मिलेमतोमा गैरसरकारी संस्था छनोटको मापदण्ड तयार हुन्छ। स्रोतले भन्यो, ‘कोपिला भ्याली सेवा समाजमा जुन–जुन संरचना, जनशक्ति तथा अन्य व्यवस्थापकीय पक्षहरू छन्। त्यसैअनुसार नै मापदण्ड राखेर सूचना गरिन्छ। त्यसैको आधारमा छनोट गर्दा कोपिला भ्याली सेवा समाज नै छनोट हुने निश्चित भयो। 

यसमा कोपिला भ्याली सेवा समाजका प्रबन्ध निर्देशक मल्ल र म्यागीको ठूलो बदनियत छ। ब्लिंक नाउबाट कोपिला भ्याली सेवा समाजका प्रबन्ध निर्देशक मल्लले लिने अस्वाभाविक सेवासुविधा र म्यागीले पनि कोपिलामा आउँदा अस्वाभाविक रूपमा सुविधा लिने कुराबाट थप प्रष्ट हुन्छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.